Trending
राजनीति बालुवाटार बैठक : आज पनि टुंगिएन बाँडफाँड, नेताहरूसँग पालैपालो छलफल गर्दै प्रधानमन्त्री राजनीति सरकार र मिटरब्याज पीडितको आज वार्ता राजनीति राष्ट्रपतिको आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाल अन्तर्राष्ट्रिय रुसले भारतमा तेल बिक्री बढाउने समाज सगरमाथा आरोहणका लागि ३१ जनाले लिए अनुमति राजनीति मन्त्रीको नाम टुंगो लगाउन आज कांग्रेस कार्यसम्पादन समितिको बैठक राजनीति गठबन्धनमा संख्यामा मात्रै सहमति, आज होला त मन्त्रिपरिषद विस्तार ? राजनीति नेपाली र अमेरिकी सेनाबीच संवाद, के विषयमा भयो कुराकानी? समाज आज यी स्थानमा वर्षाको सम्भावना समाज राहदानी विभागको टोली पोर्चुगलमा

मधेश सभामुखमा रामचन्द्र मण्डल निर्वाचित

जनकपुरधाम : मधेश प्रदेशसभाको सभामुखमा नेकपा एमालेका रामचन्द्र मण्डल निर्वाचित भएका छन्।

मधेश प्रदेशसभाको मंगलवार बसेको दोस्रो कार्यकालको दोस्रो बैठकबाट माओवादी छोडेर एमाले रोजेका मण्डल सभामुखमा निर्वाचित भएका हुन्। मण्डलको पक्षमा ७४ मत परेको छ भने सभामुख पदकै अर्का उम्मेदवार कांग्रेसका जंगीलाल रायको पक्षमा २९ मत परेको हो।

मंगलवारको बैठकमा १०३ सांसद उपस्थित थिए। २०४६ सालमा एमाले निकट अनेरास्ववियुबाट विद्यार्थी राजनीति शुरु गरेका मण्डल शिक्षण पेशामा रहँदा २०५४ मा माओवादीको सदस्य भई २०५९ देखि पूर्णकालीन राजनीति शुरु गरेका थिए। पछि नेकपाबाट माओवादी र एमाले फुट्दा उनले आफ्नो पुरानो पार्टी एमाले रोजेका थिए।

प्रदेशसभा कार्यसञ्चालन नियमावली २०७५ नियमको उपनियम पाँच बमोजिम भरतप्रसाद साहले प्रस्तुत गरेको प्रदेशसभा सदस्य रामचन्द्र मण्डललाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव मंगलवारको बैठकमा प्रस्तुत गरेका थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP