Trending
राजनीति गठबन्धन मन्त्रालय बाँडफाँडै गर्न नसक्ने भइसक्यो : विष्णु पौडेल राजनीति सरकारलाई सुझाव दिनु ‘भैंसीको अगाडि बाँसुरी बजाए’ जस्तै : केपी ओली समाज बालविवाह अन्त्यका लागि योजना बनाउँदै कर्णाली राजनीति प्रचण्डलाई प्रधानमन्त्रीबाट हट्नुपर्ने हो कि भन्ने डर छ : गगन थापा राजनीति मुख्‍यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत, पक्षमा ६७ र विपक्षमा १७ मत राजनीति आरक्षण दिँदासम्म दलितमाथिको उत्पीडन समाप्त हुँदैन : वामदेव गौतम राजनीति कोशी प्रदेशको सरकार कुनै हालतमा टिकाउँछौँ : ओली राजनीति गण्डकीबाट बाहिरियो माओवादी, अल्पमतमा मुख्‍यमन्त्री अधिकारी समाज तथ्यांक भन्छ- २१ लाख ९० हजार नेपाली विदेशमा समाज धनगढीका पत्रकार धामीलाई धम्की दिने अवस्थी पक्राउ

नक्कली ६ प्रहरी पक्राउ

महोत्तरी : नेपाल प्रहरीको ‘सीआईडी’ भनी सर्वसाधारणलाई धम्क्याउँदै लुटपाट गर्ने समूह पक्राउ परेको छ।

आफूहरूलाई प्रहरीको सीआईडी​ भन्दै धम्की दिई लुटपाट गर्ने छ जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको हो ।

समूहका बर्दिबास–१४ का २२ वर्षीय निरज साह, गुड्डु भनिने २२ वर्षीय पप्पु साह, २३ वर्षीय सन्दीप लामा, २० वर्षीय सनम लामा, बर्दिबास–१२ चल्कीटोलका शैलेन्द्र राउत र धनुषाको जनकपुरधाम उपमहानगरपालिका–७ जिरोमाइलका १९ वर्षीय दीपक राउतलाई पक्राउ गरी कारवाही बढाएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए।

पक्राउ परेका छ जनालाई नै महोत्तरी जिल्ला अदालतमा उपस्थित गराई अनुसन्धानको म्याद लिएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

गत पुस २८ गते पूर्वपश्चिम राजमार्गको बर्दिबास–४ माइस्थान वनक्षेत्रबाट सर्लाहीको हरिऔनका बासिन्दा राहुल महतौले आफूलाई कब्जामा लिएर भित्री जंगलमा पुर्‍याएर लुटपाट गरेको जाहेरी दिएलगत्तै खोजी गर्दा आरोपीलाई पक्राउ गरी मंगलबार अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाबाट लुटपाट गरिएका सामानमध्ये घडी, ब्रासलेट र नगदबाहेक सबै सामान बरामद भएको प्रनाउ रावलले जानकारी दिए।

राहुलले तत्काल इलाका प्रहरी कार्यालय बर्दिबास पुगेर घटनाबारे प्रहरीलाई जानकारी गराएपछि उनीहरूको खोजी गरेर सबैलाई पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाएको प्रनाउ रावलले बताए। बर्दिबास नगरक्षेत्रमा यसअघि पनि प्रहरी हौँ भन्दै सर्वसाधारणलाई ठगी गर्ने घटना हुने गरेको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP