Trending
समाज एक वर्षमा ३१ हजार विदेशी पर्यटक पुगे घोडेपानी-पुनहिल समाज कैलालीका सात नदीमा तटबन्ध शुरु समाज दुई मोटरसाइकल जुध्दा एकजनाको मृत्यु, तीन घाइते राजनीति गण्डकीमा मन्त्रालय बाँडफाँड, चुमानलाई अर्थ र मनाङेलाई भौतिक पूर्वाधार राजनीति एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि समाज परीक्षणमा नयाँ प्रावधान लागू गरेर भारतले रोक्यो नेपाली चिया निर्यात खेल अन्तर्राष्ट्रिय उसु प्रतियोगिता खेल्न नेपाली टोली भोलि चीन जाने खेल आईपीएलमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा खेल कालिका कप राष्ट्रिय भलिबलको उपाधि आर्मीलाई आर्थिक १९ दशमलव ५६ अङ्कले ओरालो लाग्यो नेप्से परिसूचक

लुम्बिनीका मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिँदै

काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज विश्वासको मत लिँदै छन्।

आज दिउँसो १ बजे प्रदेश सभा बैठकमा मुख्यमन्त्रीले गिरीले विश्वासको मत लिन लागेको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए। आज मुख्यमन्त्रीले विश्वासको मत लिने मात्र एजेन्डा रहेको उनले बताए। ​

सातदलीय गठबन्धनमा मन्त्रालय भागबण्डाको सहमति हुन न सकेका बेला मुख्यमन्त्री गिरीले आज विश्वसको मत लिन लागेका हुन्। सात दलका ५६ जना र २ स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा गत पुस २७ गते गिरी मुख्यमन्त्री नियुक्त भएका थिए।

पुस २८ गते गिरीले प्रदेशको राजधानी देउखुरीमा पद तथा गोपनियताको शपथ ग्रहण गर्दै दुई सदस्य विना विभागीय मन्त्रिपरिषद गठन गरेका थिए। संविधानको धारा १६८ को उपधारा ४ अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

गिरीलाई नेकपा एमालेका २९, माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, जनमत पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना र स्वतन्त्र २ जनाको समर्थन छ।

मुख्यमन्त्री गिरीले विश्वासको मत लिएपछि मन्त्रीपरिषद विस्तार गर्ने जनाएका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP