Trending
राजनीति बालुवाटार बैठक : आज पनि टुंगिएन बाँडफाँड, नेताहरूसँग पालैपालो छलफल गर्दै प्रधानमन्त्री राजनीति सरकार र मिटरब्याज पीडितको आज वार्ता राजनीति राष्ट्रपतिको आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाल अन्तर्राष्ट्रिय रुसले भारतमा तेल बिक्री बढाउने समाज सगरमाथा आरोहणका लागि ३१ जनाले लिए अनुमति राजनीति मन्त्रीको नाम टुंगो लगाउन आज कांग्रेस कार्यसम्पादन समितिको बैठक राजनीति गठबन्धनमा संख्यामा मात्रै सहमति, आज होला त मन्त्रिपरिषद विस्तार ? राजनीति नेपाली र अमेरिकी सेनाबीच संवाद, के विषयमा भयो कुराकानी? समाज आज यी स्थानमा वर्षाको सम्भावना समाज राहदानी विभागको टोली पोर्चुगलमा

शिवराज वडा नं.५ द्धारा भेडा बाख्रालाई निशुल्क पिपिआर खोप

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ५ ले वडाका कृषकहरुको भेडा बाख्रालाई विभिन्न रोगबाट बचाउन निशुल्क पिपिआर खोप अभियान संचालन गरेको छ । खोप अभियान विहिबार वडाको पर्सिया गाउँबाट सुरु गरिएको वडा अध्यक्ष नेत्र प्रसाद बेल्वासेले बताउनु भयो ।
भेडा बाख्रामा लाग्ने विभिन्न रोगहरुबाट बचाउन नगरपालिका पशु शाखाको सहयोगमा वडामा रहेका किसानहरुका भेडा बाख्राका लागी निशुल्क खोप लगाउन सुरु गरिएको अध्यक्ष बेल्वासेले बताउनु भयो । किसानका भेडा बाख्राहरुमा लाग्ने विभिन्न रोगहरुका कारण किसानले क्षति व्योहोर्नु पर्ने हुदाँ किसानको पशु क्षति कम गर्न खोप अभियान सुरु गरिएको उहाँले बताउनु भयो ।
वडाको पर्सिया गाउँबाट सुरु भएको खोप अभियान वडाका विभिन्न १६ गाउँमा लगाइने छ । माघ ५ गते दिउँसो भुडियाहवामा १० बजे, चन्द्रौटा खसिबजारमा दिउँसो १ बजे, चन्द्रौटा चेक प्वाइन्टमा दिउसो ३ बजे, माघ ६ गते बालापुरमोडमा विहान ८ बजे, हेलवडिहवा गाउँमा विहान ९ बजे, खैरी गाउँमा विहान १० बजे, चैनपुर लक्जरी होटल पछाडी विहान ११ बजे, नौडिहवा र विजय कलौनी नौडिहवा खेल मैदानमा दिउँसो १ बजे ,पूर्व दुर्गा मन्दिर दुर्गा मन्दिर दिउँसो ३ बजे, माघ ७ गते दक्षिण रहटकोल पिपल बोट विहान ८ बजे,उत्तर रहटकोल चौराह विहान ९ बजे, पूर्व रहटकोल बगैचा विहान ११ बजे,वडा कार्यालय ÷कर्णेश्वरी टोल विकास क्षेत्र स्थान वडा कार्यालय दिउँसो १ बजे र सौनी गाउँ मस्जिद अगाडी दिउँसो ३ बजे भेडा बाख्रालाई खोप लगाईने वडा अध्यक्ष वेल्वासेले जानकारी दिनु भयो । खोप अभियान वडा सदस्य प्रेम सुनार ,बब्बु खा, पशु चिकित्सक केशर महत्रा लगायतको सहभागिता रहेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP