Trending
राजनीति बालुवाटार बैठक : आज पनि टुंगिएन बाँडफाँड, नेताहरूसँग पालैपालो छलफल गर्दै प्रधानमन्त्री राजनीति सरकार र मिटरब्याज पीडितको आज वार्ता राजनीति राष्ट्रपतिको आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाल अन्तर्राष्ट्रिय रुसले भारतमा तेल बिक्री बढाउने समाज सगरमाथा आरोहणका लागि ३१ जनाले लिए अनुमति राजनीति मन्त्रीको नाम टुंगो लगाउन आज कांग्रेस कार्यसम्पादन समितिको बैठक राजनीति गठबन्धनमा संख्यामा मात्रै सहमति, आज होला त मन्त्रिपरिषद विस्तार ? राजनीति नेपाली र अमेरिकी सेनाबीच संवाद, के विषयमा भयो कुराकानी? समाज आज यी स्थानमा वर्षाको सम्भावना समाज राहदानी विभागको टोली पोर्चुगलमा

प्रहरीले बरामद गर्‍यो शंकास्पद ७३१ थान राहदानी‚ ३ जना पक्राउ

काठमाडौं : काठमाडौं महानगरपालिका–२६ गोंगबुस्थित दुई होटलमा बसेका ३ जनाको साथबाट प्रहरीले ७ सय ३१ थान राहदानी बरामद गरेको छ।

गोंगबु त्यहाँको वीरेन्द्र ऐश्वर्य मार्गस्थित होटल सोना र होटल पल्लिकोटबाट ७ सय ३१ थान राहदानीसहित कञ्चनपुर बेतकोट नगरपालिका–३ घर भई टोखा नगरपालिका–९ म्याग्दी चोक बस्ने ४८ वर्षीय लोकजङ खड्कासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो।

उक्त होटलमा शंकास्पद व्यक्ति छन् भन्ने सूचनाका आधारमा गोंङबु प्रहरी प्रभागबाट अनुसन्धानका लागि प्रहरी टोली खटाइएको थियो।

उक्त टोलीले होटेल सोनाबाट शंकास्पद ७ सय १७ थान र होटल पल्लिकोटबाट १४ थान गरी जम्मा ७ सय ३१ थान राहदानी बरामद गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। गएराति पक्राउ परेका उनीहरूका सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको जनाइएको छ।

यसैबीच काठमाडौं महानगरपालिका–९ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट साउदी रियाल १४ हजार ४ सयसहित धनुषाका ४५ वर्षीय एमडी नजिमलाई गएराति प्रहरीले पक्राउ गरेको छ।

कतार एअरवेजद्वारा दोहा हुँदै साउदी जान लागेका उनलाई अन्तरराष्ट्रिय उडानतर्फको प्रस्थान क्षेत्रमा ह्याण्ड ब्यागेज चेकिङ एरियामा तलासी गर्ने क्रममा लुकाइ लैजान लागेको ५ सय दरको २४ थान र २ सय दरको १२ थान गरी जम्मा १४ हजार ४ सय साउदी रियाल फेला पारिएको प्रहरीले जनाएको छ। उनलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको बताइएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP