Trending
flash मुख्यमन्त्री गिरी र उपाध्यक्ष मौलाना विच भेटघाट समाज अत्यधिक रक्तस्रावले सोलुखुम्बुमा सुत्केरीको मृत्यु समाज ६२ लाख नयाँ पुस्तक छापिइसके, समयमा किताब पुग्छ : जनक शिक्षा राजनीति मधेश प्रदेश : मन्त्रिपरिषद विस्तार‚ माओवादी अझै बाहिर राजनीति कैदी सांसदलाई छाड्न माग गर्दै कैलालीमा जुलुस अपराध बलि दिन भारत पुर्‍याइएकी बालिकाको उद्धार, नजिककै साथीको संलग्नता flash बिमित केसीका परिवारलाई दश लाखको चेक हस्तान्तरण अपराध बैंक एकाउन्ट ह्याक गर्ने ८ जना ललितपुरबाट पक्राउ flash नदीजन्य पर्दाथ निकासीमा नक्कली बिल प्रयोग flash बोक्सी लगाएर देवर मारेको आरोपमा कुटपिट, प्रहरीले लिएन उजुरी

९ बुँदे माग सहित कपिलवस्तुका उखु किसान आन्दोलित

कपिलवस्तु । कपिलवस्तुका उखु किसानहरू आन्दोलित भएका छन् । उखु किसानले पाउनुपर्ने रकम नपाएको भन्दै बिहीबार ईलाका प्रशासन कार्यालय चन्द्रौटा मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएका छन् । आव २०७१।७२ मा प्रति क्विन्टल नेपाल सरकारले रु २५ रुपैयाँ दिने निर्णय गरे पनि अहिले सम्म नदिएको भन्दै उक्त रकमको माग गरिएको छ ।

त्यस्तै महालक्ष्मी सुर्गस मिलले किसानको रकम वाट खरिद गरेको ड्रिल मेसिन आफ्नो नाममा गरेकोले उक्त मेसिन किसान संघको नाममा गरिदिने,२०७३।७४ मा सरकारले तोकेको मूल्य भन्दा महालक्ष्मी सुर्गस मिलले कम मूल्यमा उखु खरिद गरेकोले डिफर रकम उपलब्ध गराउनुपर्ने माग राखेका छन् । सरकारले उखुको मूल्य वर्षे नि तोक्ने तर स्थानीय व्यापारीले किसानाई रकम नदिने गरेकाले यसमा सरकारले ध्यान दिनुपर्ने कपिलवस्तु किसान सङ्घका अध्यक्ष अनुप कुमार चौधरीले बताउनुभयो ।

किसानहरूको मागमा सिचाई को व्यवस्था, किसानले ट्याक्टर खरिदमा भन्सारमा सहुलियत,चिनी मिलको स्थापना लगायतका ९ बुँदे माग गरिएको छ । पटक पटकको आन्दोलन पछि २०७७ साल पौष १३ गते नेपाल सरकार सँग अनुदान रकम दिने सम्झौता भए पनि कार्यान्वयन नहुँदा पुनः आन्दोलनको तयारी रहेको अध्यक्ष चौधरीले बताउनुभयो । ज्ञापन पत्र दिँदै अध्यक्ष चौधरीले माघ २० गते सम्म पनि कुनै सुनुवाइ नभएमा माइतीघर मण्डलामा धर्ना प्रदर्शन गर्ने जानकारी दिनुभयो ।

किसानहरूले जिविको उपार्जनको रूपमा उखु खेती गरे पनि सरकारले संरक्षण गर्नुपर्ने समयमा उद्योगहरूलाई संरक्षण गरेको आरोप लगाउनुभयो । पटक पटक आन्दोलन गर्दा समेत सुनुवाइ नभएकोले किसानहरू पीडित बन्ने अवस्थामा रहेको चौधरीको भनाई छ । विगतको तुलनामा उखु उत्पादन गर्ने किसानहरूको सख्या पनि घटेकोले ध्यान दिनुपर्ने बताउनुभयो । शिवराज नगरपालिका ७ जवाभारी स्थित महालक्ष्मी सुर्गस मिलमा उखु बिक्री गरेवापतको रु २ करोड ५० लाख रकम किसानले रकम पाउनुपर्ने छ । मिल भने यहाँ वाट सरेर सर्लाही गइसकेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP