Trending
flash मुख्यमन्त्री गिरी र उपाध्यक्ष मौलाना विच भेटघाट समाज अत्यधिक रक्तस्रावले सोलुखुम्बुमा सुत्केरीको मृत्यु समाज ६२ लाख नयाँ पुस्तक छापिइसके, समयमा किताब पुग्छ : जनक शिक्षा राजनीति मधेश प्रदेश : मन्त्रिपरिषद विस्तार‚ माओवादी अझै बाहिर राजनीति कैदी सांसदलाई छाड्न माग गर्दै कैलालीमा जुलुस अपराध बलि दिन भारत पुर्‍याइएकी बालिकाको उद्धार, नजिककै साथीको संलग्नता flash बिमित केसीका परिवारलाई दश लाखको चेक हस्तान्तरण अपराध बैंक एकाउन्ट ह्याक गर्ने ८ जना ललितपुरबाट पक्राउ flash नदीजन्य पर्दाथ निकासीमा नक्कली बिल प्रयोग flash बोक्सी लगाएर देवर मारेको आरोपमा कुटपिट, प्रहरीले लिएन उजुरी

रंगशालाबाहिर भागदौड, ४ को मृत्यु, ८० घाइते

एजेन्सी-इराकको एक फुटबल रंगशालामा बिहीबार भएको भागदौडमा परी कम्तीमा चार जनाको मृत्यु हुनुका साथै अन्य ८० जना घाइते भएका छन्।

चार दशकपछि इराकमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलका क्रममा उक्त घटना भएको हो। जब बसरा स्टेडियम र आसपासका क्षेत्रमा हजारौँ मानिस खेल हेर्न भेला भएका थिए।

इराकी फुटबल महासंघका अनुसार फाइनलका लागि ९० प्रतिशत टिकट धेरै पहिले नै बिक्री भइसकेको थियो। जसका कारण हजारौँ किलोमिटर टाढाबाट खेल हेर्न आएका मानिसहरूको आक्रोश चुलिएको थियो। आक्रोशित फुटबल फ्यानहरू रंगशालाबाहिर जम्मा हुन थाले, त्यसपछि त्यहाँ यस्तो भिड लागेको थियो कि त्यहाँ भागदौड मच्चिएको थियो।

अल जजिराको रिपोर्टअनुसार बसरा अन्तर्राष्ट्रिय रंगशालाको क्षमता ६५ हजार दर्शक क्षमताको छ। तर, बिहीबार अरेबियन गल्फ कपको फाइनल खेल हेर्न ६५ हजारभन्दा बढी मानिस जम्मा भएका थिए। यति ठूलो संख्यामा मानिसहरू भेला भएको देखेर रंगशालाका सबै ढोकाहरू बन्द भएका थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP