Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

प्रतिनिधिसभा उपसभामुखमा कांग्रेस नेतृ यादवको पनि उम्मेदवारी

काठमाडौ : प्रतिनिधिसभाको उपसभामुखमा नेपाली कांग्रेसले पनि उम्मेदवार उठाएको छ। कांग्रेसको तर्फबाट मुक्ताकुमारी यादवले उम्मेदवार दर्ता गरेकी हुन्।

शुक्रबार संसद्‌ भवनमा पुगेर यादवले उम्मेदवारी दर्ता गरेकी हुन्। यादवको प्रस्तावकमा बद्री पाण्डे र समर्थकमा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ल रहेका छन्।

आज बिहान सभापति शेरबहादुर देउवा निवासमा बसेको शीर्ष नेताहरुको बैठकले यादवलाई उम्मेदवारी बनाउने सहमति गरेको थियो। यादव धनुषाबाट समानुपातिक सांसद हुन्। १४औं महाधिवेशनमा यादवले केन्द्रीय सदस्यमा सर्वाधिक मत ल्याएकी थिइन्।

प्रतिनिधिभा सभामुखमा बिहीबार एमालेका सांसद देवराज घिमिरे निर्वाचित भइसकेका छन्। सभामुखमा कांग्रेसले ईश्वरी न्‍यौपानेलाई उठाएको थियो। उनको पक्षमा १०० मत परेको थियो।

यस्तै, सत्तारूढ गठबन्धनको तर्फबाट उपसभामुखको उम्मदवारमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट इन्दिरा रानाले उम्मेदवारी दर्ता गरिसकेकी छिन्। उनलाई रास्वपाकै सोविता गौतमले प्रस्ताव गरेकी हुन् भने समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन छन्।

सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार शुक्रबार सवा ४ बजे मनोनयन दर्ताको अन्तिम नामावली प्रकाशन हुनेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP