Trending
अपराध बैंक एकाउन्ट ह्याक गर्ने ८ जना ललितपुरबाट पक्राउ flash नदीजन्य पर्दाथ निकासीमा नक्कली बिल प्रयोग flash बोक्सी लगाएर देवर मारेको आरोपमा कुटपिट, प्रहरीले लिएन उजुरी राजनीति स्नातक चौथो वर्षका विद्यार्थीको माग तत्काल पूरा गर्न नेविसंघको माग समाज सुदूरपश्चिम प्रदेशसभाको वेभसाइट ह्याक राजनीति एकसिङ्गे गैँडा नेपालको अमूल्य सम्पत्ति : प्रधानमन्त्री राजनीति बागमती सरकार पत्रकारको सामाजिक सुरक्षाका लागि ५० लाख दिँदै राजनीति चुनावलाई दिएको मध्येबाट तीन अर्ब फिर्ता हुने flash २१ लाख भारु सहित सुन कारोबारी पक्राउ समाज प्रकाशक र लेखकको धन्दा : सरकारी पाठ्यसामग्री चोर्दै, पुस्तक बेच्दै!

शिवराजमा निशुल्क आँखा शिविरको पहिलो दिन ४५२ जनाले लिए सेवा

केशव बेल्वासे, कपिलवस्तु–कपिलवस्तुको शिवराज नगरपालिकामा दुई दिने निशुल्क आँखा शिविरको पहिलो दिन आज सुक्रबार ४ सय ५२ जना आँखाका बिरामिले उपचार सेवा लिएका छन । आधारभुत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटामा भएको निशुल्क आँखा शिविरमा आज १ सय १७ जनलाई अदुुर दृष्टिको समस्या रहेकोले निःशुल्क चस्माका साथै सम्पूर्ण विरामीहरुलाई आवश्यक औषधि वितरण गरिएको र ९१ जनाको मोति बिन्दुको अप्रेसन गरीएको अस्पतालका नेत्र विशेषज्ञ सुशिल कार्किले जानकारी दिनुभयो । भोलि शनिबार पनि निशुल्क आँखा शिविर संचालन हुने उँहाले बताउनुभएको छ ।

छन्द (कालेवावु )नारायणि आँखा अस्पताल बहादुरगंज कपिलवस्तुको प्राविधिक सहयोग र शिवराज नगरपालीकाको आर्थिक सहयोगमा २ दिने निशुल्क आखाँ शिविरले आँखाका बिरामीलाई निःशुल्क उपचार सेवा दिएको छ।

आार्थिक अभावले उपचार गर्न नसकि वषौँदेखि आँखाको ज्योति गुमाएर, रोग पालेर बसेका अति विपन्नहरुलाई निशुल्क आखाँ शिविरले सहयोग पुग्ने शिवराज नगरपालिका नगर प्रमुख अजय थापाले विश्वास व्यक्त गर्नुभयो । आँखा शिविरमा मोतिबिन्दुको निशुल्क अप्रेसन गरीने जानकारी गराउदै नगरले केहि बजेट छुट्टयाएर नगर बासिको आखाँको समस्या न्युनिकरणमा सहयोग गर्ने प्रयास गरेको नगर प्रमुख थापाले बताउनु भयो ।

यस्तै नगर उप प्रमुख शिवकुमारी थारुले हरेक बर्ष जस्तै यो वर्ष पनि शिवराज नगरपालिकाले नगर भित्रका आँखाका बिरामिहरुलाइ आँखा शिविर मार्फत नि शुल्क सेवा दिने गरेको बताउनुभयो । आँखाका समस्या भएका बिरामिहरुलाइ आँखा उपचार सेवा लिन पनि आग्रह गर्नुभयो । शिविरको उद्धाटन सत्रमा शिवराज नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नेत्र बेल्वासे, वडा नं ३ का वडा अध्यक्ष टेकलाल सापकोटा लगायतले आँखा शिवविर मार्फत आँखा उपचार सेवा लिन सम्पुर्ण नगरबासिलाइ आग्रह गर्नुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP