Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

फोहाेर मासु बेच्ने तौलिहवाका २ मासु पसललाई कारबाही

किरणमान बज्राचार्य, कपिलवस्तु । कपिलवस्तुको तौलिहवा स्थित सडेको र फोहाेर मासु बेच्ने २ मासु पसललाई कारबाही गरिएको छ। तौलिहवाको हाट बजार चोकमा रहेको सद्दाम मासु पसल र पुरानो एक्का स्टेसन चोकमा रहेको अब्दुल कुखुरा मासु पसललाई जनही ३ हजारका दरले जरिबाना गरिएको हो।

भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको आयोजनामा गरिएको तौलिहवामा रहेको मासु पसलको संयुक्त अनुगमन र निरीक्षणकाक्रममा सो २ पसललाई जनही ३ हजार का दरले जरिबाना तिराइएको विज्ञ केन्द्रका प्रमुख विष्णु प्रसाद खनालले बताए। सद्दाम मासु पसल अत्यन्तै फोहर र दुर्गन्धित, व्यवसायको नवीकरण नभएको लगायतको कारणले जरिबाना गरिएको उनले बताए। यस्तै अब्दुल मासु पसलमा कुखुरा र खसीको बासी र सडेको ढाई किलो मासु भेटिएको थियो।

अनुगमन टोलीलाई देखे पछि हतार हतार मासु पसल संचालन मासु खाट मुनी लुकाएका थिए। अनुगमन टोलीले निरीक्षण गरे पछि फेला परेको सडेका ढाई किलो मासु जफत गरी अब्दुल कुखुरा मासु पसललाई ३ हजार जरिबाना समेत गरिएको थियो। जन गुनासो बढे पछि तौलिहवा स्थित हाट बजार र त्यस आसपासका १० मासु पसलमा अनुगमन गरिएको थियो। कारबाही गरिएको ती २ पसल सहित इस्लाम मासु पसल, अजमेरी, माहोम्द फिड एन्ड चिकेन, अब्दुल कुखुरा मासु पसल, स्माईल फ्रेस हाउस, सलीम मासु पसल, समीउद्दीन र अख्तर मासु पसलको अनुगमन गरिएको थियो।

पशु बधशाला तथा मासु जाँच ऐन २०५५ अनुसार बधशालाको मापदण्ड बनाइएको छ। तर अनुगमन गरिएको सबै बधशालाहरु मापदण्ड अनुसार संचालन भएका छैनन्। सबै बधशालामा फोहर र अव्यवस्थित छन्। मासु काट्ने र बेच्ने स्थान एकै ठाउँमा छन्। यस्तै सरसफाइमा कुनै ध्यान दिइएको छैन। व्यवसायको नवीकरण नभएको, डिजिटल तराजु नभएको लगायत भेटिएका छन्। यस्तै तौलिहवाको हाट बजार भित्र रहेको ३ वटा बधशाला खुला खाट संचालन हुँदै आएका थिए। त्यसलाई समेत अनुगमन टोलीले हटाएको थियो। हाट बजारका बधशाला पशु र कुखुरा वध गर्ने स्थान फोहरले भरिएका छन्।

अनुगमन टोलीमा पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य, प्रशासन कार्यालय अधिकृत बाबुराम शर्मा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख विष्णु पोख्रेल, पशु विकास अधिकृत गणेश बहादुर पुन र प्रहरी सहायक निरीक्षक जय गोपाल श्रेष्ठ रहेका थिए। अनुगमन गरिएका मासु पसलहरूको १५ दिन पछि फेरी अनुगमन गरिने प्रमुख खनालले बताए। उनले जिल्लाका मासु माछा पसल , डेरी उद्योगका अनुगमन समेत चाडै गरिने उनले बताए। जफत गरिएको सडकको मासुलाई गाडेर नष्ट गरिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP