Trending
flash मुख्यमन्त्री गिरी र उपाध्यक्ष मौलाना विच भेटघाट समाज अत्यधिक रक्तस्रावले सोलुखुम्बुमा सुत्केरीको मृत्यु समाज ६२ लाख नयाँ पुस्तक छापिइसके, समयमा किताब पुग्छ : जनक शिक्षा राजनीति मधेश प्रदेश : मन्त्रिपरिषद विस्तार‚ माओवादी अझै बाहिर राजनीति कैदी सांसदलाई छाड्न माग गर्दै कैलालीमा जुलुस अपराध बलि दिन भारत पुर्‍याइएकी बालिकाको उद्धार, नजिककै साथीको संलग्नता flash बिमित केसीका परिवारलाई दश लाखको चेक हस्तान्तरण अपराध बैंक एकाउन्ट ह्याक गर्ने ८ जना ललितपुरबाट पक्राउ flash नदीजन्य पर्दाथ निकासीमा नक्कली बिल प्रयोग flash बोक्सी लगाएर देवर मारेको आरोपमा कुटपिट, प्रहरीले लिएन उजुरी

गृहमन्त्री लामिछानेको नागरिकता विवाद : संवैधानिक इजलासमा आज पूर्ण सुनुवाइ

काठमाडौं : गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको नागरिकता विवादबारेको मुद्दामाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबार पूर्ण सुनुवाइ हुँदैछ।

रविराज बसौला र युवराज पौडेलले लामिछाने सांसद् हुन समेत अयोग्य रहेको भन्दै उनलाई काममा रोक लगाउनुपर्ने मागसहित सर्वोच्चमा रिट हालेका थिए।

अमेरिकी नागरिकता र पासपोर्ट प्राप्त गरेसँगै नेपाली नागरिकता स्वतः बदर हुनेमा लामिछानेले नेपाल फर्केर दल दर्ता तथा प्रतिनिधिसभामा उम्मेदवार बन्दा पुरानै नागरिकता प्रयोग गरेको रिटमा उल्लेख छ।

यसअघि गत पुस २२ गते संवैधानिक इजलासमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउत रहेको इजलासमा बहस भएको थियो।

सो दिन जारी आदेशमा ‘विवादको सुनुवाइलाई अग्राधिकार प्रदान गरी छिटो छरितो रूपमा सम्पन्न गर्न आवश्यक देखिएको’ जनाइएको थियो।

संवैधानिक इजलासले लामिछानेको नागरिकतासम्बन्धी विवादमा मागेको जवाफमाप्रतिनिधिसभा सचिवालय, निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालय काठमाडौंले रिट खारेज गर्न माग गरेका छन्।

चितवन-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछाने पुस ११ गते उपप्रधानमन्त्रीको भूमिकासहित गृहमन्त्री नियुक्त भएका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP