Trending
राजनीति प्रतिवेदनका सुझावहरू कार्यान्वयन गर्न राष्ट्रियसभा अध्यक्ष दाहालको निर्देशन राजनीति स्थानीय र प्रदेश सरकारलाई संवैधानिक अधिकार दिने गरी कानुन बनाउनू राजनीति सुदूरपश्चिम सरकार छाड्न संसदीय दलका नेतालाई नाउपा अध्यक्षको लिखित निर्देशन राजनीति संघीयता कार्यान्वयनका लागि ११७ वटा कानुन बनाउँदै सरकार राजनीति सहकारी समस्या समाधान गर्न कठोर कदम चाल्दै छौँ : सहकारीमन्त्री अधिकारी राजनीति रास्वपाका उम्मेदवार मिलन लिम्बूलाई प्रेस सेन्टर नेपालको कारबाही राजनीति निजामती ऐन र प्रहरी समायोजन ऐन कार्यान्वयनमा जाने ढोका खुल्‍यो : प्रधानमन्त्री अपराध कपनबाट पेस्तोलसहित एकजना पक्राउ राजनीति प्रदेश र स्थानीय तहमा कर्मचारी व्यवस्थापन हुन्छ : प्रधानमन्त्री राजनीति राजस्व बाँडफाँटका सूचकहरू पुनरावलोकन भइरहेका छन् : प्रधानमन्त्री

आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनीसहित गण्डकीमा वर्षा र हिमपात

काठमाण्डाै – सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आज पनि वर्षा र हिमपात भइरहेको छ । पश्चिमी निम्न चापीय प्रणालीको प्रभावका कारण अस्ति रातिदेखि यी प्रदेशका केही ठाउँमा वर्षा भइरहेको हो । यो प्रणाली पूर्वतर्फ सर्ने क्रममा रहेकाले आज गण्डकी प्रदेशमा पनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।

वर्षा भइरहेका ठाउँमध्ये बाजुरामा सबैभन्दा धेरै पानी परेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा १६ मिलिमिटर वर्षा भएको मापन गरिएको छ । मौसमविद् श्रेष्ठका अनुसार अन्य प्रदेशमा भने पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव पर्ने देखिएको छैन । यो प्रणाली आज बेलुकादेखि नै कमजोर बन्ने सम्भावना छ । यसले गर्दा पश्चिमी क्षेत्रमा वर्षा र हिमपात भए पनि बाग्मती, मधेस प्रदेश र प्रदेश १ मा वर्षाको सम्भावना तत्काललाई छैन ।

पर्सि बेलुकादेखि फेरि अर्को निम्न चापीय प्रणाली भित्रने सम्भावना रहेको र यो पनि पश्चिमी क्षेत्रमा नै बढी सक्रिय हुने देखिएको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । काठमाण्डौसहित बाग्मती प्रदेश, मधेस प्रदेश र प्रदेश १ मा पर्सिसम्म वर्षाको कुनै सम्भावना छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाले तीन दिनसम्मको मौसमी अवस्थाबारे पूर्वानुमान गर्दै आएको छ ।

यस्तै, पानी नपरे पनि काठमाण्डौ उपत्यकासहित पहाडी जिल्लामा आज बादल लाग्ने अनुमान छ । पश्चिमी निम्न चापीय प्रणालीकै प्रभावका कारण उपत्यकासहित पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान रहेको मौसमविद्ले बताएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP