Trending
flash मुख्यमन्त्री गिरी र उपाध्यक्ष मौलाना विच भेटघाट समाज अत्यधिक रक्तस्रावले सोलुखुम्बुमा सुत्केरीको मृत्यु समाज ६२ लाख नयाँ पुस्तक छापिइसके, समयमा किताब पुग्छ : जनक शिक्षा राजनीति मधेश प्रदेश : मन्त्रिपरिषद विस्तार‚ माओवादी अझै बाहिर राजनीति कैदी सांसदलाई छाड्न माग गर्दै कैलालीमा जुलुस अपराध बलि दिन भारत पुर्‍याइएकी बालिकाको उद्धार, नजिककै साथीको संलग्नता flash बिमित केसीका परिवारलाई दश लाखको चेक हस्तान्तरण अपराध बैंक एकाउन्ट ह्याक गर्ने ८ जना ललितपुरबाट पक्राउ flash नदीजन्य पर्दाथ निकासीमा नक्कली बिल प्रयोग flash बोक्सी लगाएर देवर मारेको आरोपमा कुटपिट, प्रहरीले लिएन उजुरी

नदीमा बगेकी महिलाको उद्धार

कञ्चनपुर : दोधारा चाँदनी नगरपालिका ९ आमभोजकी वर्ष २३ की आसा बस्नेतलाई प्रहरीको टोलीले महाकाली नदीमा बग्दै गरेका बेला उद्धार गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्र बहादुर शाहका अनुसार हिजो साँझ महाकाली नदी पारी दाउरा लिन गएकी आमालाई खाना पुरयाउन जाने क्रममा महाकाली नदीको बहाव बढदा आसालाई नदीले बगाएको हो।

स्थानिय बासिन्दाले इलाका प्रहरी कार्यालय दोधारा चाँदनीमा खवर गरेपछि प्रहरी निरीक्षक अर्जुन सिंह साउदको कमाण्डमा गएको सात जनाको प्रहरीको टोलीले बस्नेतको उद्धार गरेको प्रहरी नायव उपरिक्षक शाहले बताए।

उद्धार गरिएकी आशाको पेटमा पानी भरिदा उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र दोधारा चाँदनीमा पठाईएकोमा उपचार हुन नसकेपछि थप उपचारका लागि सेती प्रादेशिक अस्पतालमा धनगढी पठाईएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP