Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

मलेसियाली गृहमन्त्री नेपाल आउँदै

क्वालालम्पुर : मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसनले निकट भविष्यमा भ्रमण गर्ने भएका छन्। भ्रमणका क्रममा मलेसियाको ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेशन प्लान’ बारे गृहमन्त्री इस्माइलले नेपाली अधिकारीसँग छलफल गर्ने बताइएको छ।

मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले उक्त जानकारी दिएका हुन्। राजदूत पौडेलले आज मलेसियाका गृहमन्त्री इस्माइल र मानव संसाधनमन्त्री भी. शिवकुमारसँग भेटघाट गरेका थिए।

भेटवार्तामा नेपाल तथा मलेसियाबीच द्विपक्षीय सम्बन्ध विस्तार र आपसी हितका बारेमा छलफल भएको थियो।

त्यस अवसरमा उनीहरूबीच नेपाली युवाका लागि आकर्षक श्रम गन्तव्य रहेको मलेसियामा गुणात्मक वृद्धि भन्नेबारे विचारविमर्श भएको थियो। नेपाली श्रमिकहरू शून्य लागतमा जाने व्यवस्थाको प्रभावकारी कार्यान्वयनका साथै मलेसियामा नेपाली श्रमिकका लागि प्राप्त हुन सक्ने थप रोजगारीका अवसर र कार्यरत नेपाली श्रमिकको सेवा सुविधाबारे पनि कुराकानी भएको थियो।

उनीहरूले द्विपक्षीय, क्षेत्रीय तथा बहुपक्षीय स्तरमा पारस्परिक हितका विषयमा साझेदारी गर्दै दुवै मुलुकको राष्ट्रिय हित प्रवर्द्धन गर्न एक अर्कालाई सहयोग गर्दै अघि बढ्नेमा छलफल गरेका थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP