शिवराज खेलकुद महोत्सवको तयारी पुरा

कपिलवस्तु– शिवराज नगरपालिका कपिलवस्तुको शिवराज खेलकुद महोत्सवको सवै तयारी पुरा भएको छ । माघ १८ गते देखि २९ गते सम्म चल्ने खेल महोत्सवको तयारी पुरा भएको नगरपालिकाको शिक्षा साखा प्रमुख पुर्ण विश्वकर्माले वताउनुभयो ।
राष्ट्रपति रनिङ सिल्ड , मेयर कप र उपमेयर कप प्रतियोगीतामा विभिन्न विदाका खेलहरु समावेश गरिएको साखा प्रमुख विश्वकर्माले वताउनुभएको हो । शिवराज नगरपालिकाको खेल मैदानमा आयोजना गरिएको प्रतियोगीतमा करिव १६ सय ५० खेलाडीले प्रतिस्पर्धा गर्ने नगर खेलकुद विकास समितिका अध्यक्ष सन्तोष चौधरीले वताउनुभएको छ ।

राष्ट्रपति रनिङ सिल्ड तर्फ दौड , हाईजम्प , लङजम्प , मेयर कप तर्फ पुरुष फुटवल , भलिवल , क्रिकेट र व्याडमीन तथा उपमेयरकप तर्फ महिला फुटवल , भलिवल , क्रिकेट र करांते प्रतियोगीता आयोजना गरिएको अध्यक्ष चौधरीको भनाई रहेको छ । शिवराज नगरपालिकाले यस वर्षवाट उत्कृष्ट खेलाडीको पहिचान गरी क्षेत्रीय तथा राष्ट्रिय खेलकुद प्रतियोगीतामा सहभागीता सुनिश्चत गर्ने नगरप्रमुख अजय थापाले विश्वास व्यतm गर्नुभयो । नगर प्रमुख थापाले शिवराज नगरपालिका खेलाडीको अभिभावक वन्ने वताउनुभएको छ ।

प्रतियोगीता अन्तरगर्त मेयर कप तर्फ ८ लाख , उपमेयर तर्फ ७ लाख , राष्ट्रपति रनिङ सिल्ड तर्फ ५ लाख र शसर्त अनुदानवाट प्राप्त भएको १ लाख गरी करिव २१ लाखको लगानीमा आयोजना हुन लागेको प्रतियोगीतामा मेयर कपको विजेताले नगद ३० हजार मेडल शिल्ड र प्रमाणपत्र पाउने छ ।

उपमेयर कप विजेताले पनि नगद ३० हजार मेडल शिल्ड र प्रमाणपत्र पाउने छ । यस्तै रनिङ सिल्ड तर्फ नगद पुरस्कार मेडल शिल्ड र प्रमाण पत्र पाउने छ । प्रतियोगीतामा शिवराज नगरपालिका भित्रका विधालय , र कल्वहरुले प्रतिस्पर्धा गर्ने छन । प्रतियोगीताको मंगलवार भव्य समारोहका विच समुदघाटन हुने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP