Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि

काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुक्रबार पनि बस्दैछ। बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडा बस्नेछ।

समसामयिक विषयमा छलफल गर्न भन्दै बिहीबार सुरु भएको बैठक जारी रहने स्थायी कमिटी सदस्य दीनानाथ शर्माले जानकारी दिए। हिजो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक अवस्थाका विषयमा बैठकलाई जानकारी गराएका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिनेदेखि सरकारबाटै बाहिरिनेसम्मको परिस्थिति बनेको जानकारी प्रचण्डले स्थायी कमिटीलाई गराएका थिए।

प्रचण्डले रवि लामिछानेको नागरिकतासम्बन्धी विवाद टुंगो नलागेसम्म गृह मन्त्रालय पुनः दिन नसकिने अडान लिएका छन्। बिहीबार बेलुकी बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकले सरकारबाट बाहिरिने विषयमा २ दिनपछि थप निर्णय गर्ने निर्णय लिएको छ।

यस्तै स्थायी कमिटी बैठकमा पार्टीका विभिन्न संरचना तथा संगठन विस्तार र तिनलाई नेतृत्व प्रदान गर्ने विषयमा समेत बैठकमा छलफल हुने नेता शर्माले जानकारी दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP