Trending
flash विजयनगरका नदीजन्य पदार्थ उत्खनन्मा जेसीबी प्रयोग, सम्बन्धित निकाय मौन राजनीति प्रभु शाहलाई मन्त्री नबनाएपछि आजपाले भन्यो– प्रचण्डले धोका दिए राजनीति जनमत पार्टी मन्त्री पदको भोको होइनः सिके राउत समाज गर्मीसँगै देखिन थाले डेंगुका विरामी, फागुनयता ३ सय संक्रमित राजनीति प्रचण्डको काँधमा पाँच वटा मन्त्रालय समाज निरन्तर उकालो लाग्दै कोभिड संक्रमित : शुक्रबार १४२ जना संक्रमित राजनीति खानेपानी मन्त्री खानले प्रधानमन्त्रीलाई बुझाए राजीनामा राजनीति सातौंपटक पनि मन्त्रिमण्डलले पाएन पूर्णता flash कृष्णनगरबाट भैरहवा मेडिकल कलेज जाने बिरामीलाई निःशुल्क बस सेवा समाज यी स्थानमा आज चट्याङसहित वर्षा

२१ लाख भारु सहित सुन कारोबारी पक्राउ

काठमाडौँ ।
नेपाल बाट भारतमा अवैध सुनको कारोबार गर्दै आएका कपिलवस्तुका सुन व्यापारी राजेश बर्मालाई प्रहरीले राती पक्राउ गरेको छ । शुद्धोधन गाउँपालिका ६ बस्ने बर्मालाई प्रहरीको विशेष सुराकीको आधारमा तौलिहवा स्थित जमुवार पुलबाट राती ९ बजे पक्राउ गरिएको हो । भारतको नौगढबाट सुन विक्री गरेर तौलिहवा आउदै गरेको सुचना पाएपछि एसपी प्रेम बहादुर बस्नेत आफै नाकामा चेकजाँचका लागि खटिएका थिए । चेकजाँचको क्रममा बर्मा सवार यूपी ५५एएम०४५९ नम्बरको गाडीमा फल्स बटम बनाई लुकाई राखेको अवस्थामा प्रहरीले २१ लख ७ हजार १ सय भारतीय रुपैया बरामद गरेको छ । उनीहरु संगै गाडी चालक भारतीय नागरिक हमिद मुसलमान पनि पक्राउ परेका छन् ।
पक्राउ तीनै जना संग बयान लिने क्रम जारी रहेको र थप संलग्नहरुको नाम बाहिर आउन सक्ने बताइएको छ । राजेश बर्माले पकडीमा सुन पसल संचालन गरि बसेका छन् । उनले त्यहा बाट विभिन्न चरणमा सीमा क्षेत्र चाकरचौडा हुदै भारतको सिद्र्धाथनगर सम्म सुन तस्करी गर्दै आएका थिए । उनी संग तौलिहवाका प्रतिष्ठीत सुन व्यापारीहरु समेत जोडिएको प्रहरी श्रोतले जनाएको छ । बर्मा ३ बर्ष अघि समेत ५०० ग्राम सुन सहित पक्राउ परेका थिए । बर्माले तौलिहवाका व्यापारीहरु संग सुन लिएर भारतमा सप्लाई गर्दै आएका छन् । अवैध कमाईलाई बैध बनाउन बर्माले तौलिहवामा मेरो मार्ट भन्ने सपिङ्ग सेन्टर समेत संचालन गरेका छन् । विगत २ महिना देखि सीमा क्षेत्रमा सुन तस्करी बढ्ेपछि भारतीय रुपैया कमजोर समेत बन्न गएको छ । १ सय भारुको १६० खरिद विक्री हुनुपर्नेमा अहिले १५५ देखि १५७ मा मात्र खरिद विक्री हुदै आएको छ । प्रहरी उपरिक्षक प्रेम बस्नेतले पक्राउ तिनै जना संग सोधपुछ भइरहेको बताए । उनीहरु पहिले देखि नै शंकास्पद थिए र हामीले पछ्याइरहेका थियौ, बस्नेतले भने । रकमको श्रोत अझै खुल्न सकेको छैन, थप अनुसन्धान गर्दैछौ उनले भने ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP