Trending
flash विजयनगरका नदीजन्य पदार्थ उत्खनन्मा जेसीबी प्रयोग, सम्बन्धित निकाय मौन राजनीति प्रभु शाहलाई मन्त्री नबनाएपछि आजपाले भन्यो– प्रचण्डले धोका दिए राजनीति जनमत पार्टी मन्त्री पदको भोको होइनः सिके राउत समाज गर्मीसँगै देखिन थाले डेंगुका विरामी, फागुनयता ३ सय संक्रमित राजनीति प्रचण्डको काँधमा पाँच वटा मन्त्रालय समाज निरन्तर उकालो लाग्दै कोभिड संक्रमित : शुक्रबार १४२ जना संक्रमित राजनीति खानेपानी मन्त्री खानले प्रधानमन्त्रीलाई बुझाए राजीनामा राजनीति सातौंपटक पनि मन्त्रिमण्डलले पाएन पूर्णता flash कृष्णनगरबाट भैरहवा मेडिकल कलेज जाने बिरामीलाई निःशुल्क बस सेवा समाज यी स्थानमा आज चट्याङसहित वर्षा

स्नातक चौथो वर्षका विद्यार्थीको माग तत्काल पूरा गर्न नेविसंघको माग

काठमाडौं : नेपाल विद्यार्थी संघ (नेविसंघ)ले स्नातक तह चौथो वर्षका विद्यार्थीले उठाएको माग तत्काल त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सम्बोधन गर्नुपर्ने माग गरेको छ। नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले शुक्रबार सामाजिक सञ्जालमार्फत ती माग पूरा गर्न माग गरेका हुन्।

‘स्नातक चौथो वर्षमा अध्ययनरत विद्यार्थी साथीहरूले वार्षिक परीक्षाका सम्बन्धमा उठाउनुभएका मागबारे नेविसंघ गम्भीर छ। ती मागको उचित सम्बोधनका लागि हामी सम्बन्धित निकायसँग जोडदार माग गर्दछौँ।’

यसैगरी उनले नियमित शैक्षिक सत्रमा नकारात्मक असर नपर्ने गरी आसन्न स्ववियु निर्वाचनमा मत दिन पाउने सबै विद्यार्थीको अधिकार सुनिश्चित गर्न पनि माग गरेका छन्।

स्नातक तह चौथो वर्षका विद्यार्थीले वार्षिक परीक्षा तालिका संशोधनको माग गरी आन्दोलन गर्दै आएका छन्। त्रिविले २०७९ सालमा सञ्चालन हुने चारवर्षे स्नातक तह चौथो वर्षको शिक्षा शास्त्र, व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फका नियमित तथा आंशिक परीक्षाका लागि पुस २९ गतेदेखि २०७९ साल माघ २९ गतेसम्म नियमित दस्तुरसहित आवेदन फाराम भरेर बुझाउन आग्रह गरेको थियो।

यसैगरी साधारण म्याद सकिएको एक हप्ताभित्र दोब्बर दस्तुरसहित आवेदन फाराम भरी बुझाउन त्रिविले आग्रह गरेको छ। एक हप्ता थप हुँदा फाराम भर्ने समय सीमा फागुन ७ गतेसम्म पुग्छ।

त्रिविले सार्वजनिक गरेको परीक्षा तालिकाअनुसार यी संकायका वार्षिक परीक्षा फागुन १० गतेदेखि शुरु हुनेछ। यो परीक्षा तालिका संशोधन गर्नुपर्ने उनीहरूको अडान छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP