Trending
flash विजयनगरका नदीजन्य पदार्थ उत्खनन्मा जेसीबी प्रयोग, सम्बन्धित निकाय मौन राजनीति प्रभु शाहलाई मन्त्री नबनाएपछि आजपाले भन्यो– प्रचण्डले धोका दिए राजनीति जनमत पार्टी मन्त्री पदको भोको होइनः सिके राउत समाज गर्मीसँगै देखिन थाले डेंगुका विरामी, फागुनयता ३ सय संक्रमित राजनीति प्रचण्डको काँधमा पाँच वटा मन्त्रालय समाज निरन्तर उकालो लाग्दै कोभिड संक्रमित : शुक्रबार १४२ जना संक्रमित राजनीति खानेपानी मन्त्री खानले प्रधानमन्त्रीलाई बुझाए राजीनामा राजनीति सातौंपटक पनि मन्त्रिमण्डलले पाएन पूर्णता flash कृष्णनगरबाट भैरहवा मेडिकल कलेज जाने बिरामीलाई निःशुल्क बस सेवा समाज यी स्थानमा आज चट्याङसहित वर्षा

नदीजन्य पर्दाथ निकासीमा नक्कली बिल प्रयोग

कपिलवस्तुको बुद्धभूमी नगरपालिकाका नदीजन्य पर्दाथ निकासी ठेक्कामा नक्कली बिल प्रयोग गरिएको छ । बुद्धभूमी नगरपालिकाले वडा नं. १ स्थित गुडरुङ्ग नदीमा नदीजन्य पर्दाथ निकासी ठेक्का लगाएको थियो । उक्त ठेक्का पारेको रुपन्देहीको स्वाभिमान कन्ट्रक्सनले तोकिएको परिमाण चोरी गर्न र भ्याट छलि गर्न नक्कली बिल प्रयोग थालेको हो । ५ लाख ५६ हजार २०७ घनफिट नदीजन्य पर्दाथ निकासीका भ्याट सहित ६० लाखमा कबोल गरिएको ठेक्का १ साता अघि मात्र सम्झौता गरिएको थियो ।

सम्झौता लगत्तै नदीजन्य पर्दाथ निकासी काम सुरु भएपछि ठेकेदारले नक्की बिल प्रयोग गर्न थालेको स्थानीयबासीहरु बताउछन् । ठेक्का सम्झौता विपरित ठेकेदार कम्पनीले किर्ते काम बारे नगरपालिका राजस्व शाखा तथा जनप्रतिनिधीलाई जानकारी गराएपनि त्यसबारे अनुगमन समेत नगरिएको स्थानीयबासीहरुले जानकारी दिए । ठेकेदारले नगरपालिकाबाट प्रमाणित गरि ल्याएका ठेलीको हुबहु नक्कली भ्याट बिल तथा नगरपालिकाको सरकारी छाप किर्ते गरि प्रयोग गरेका छन् ।

ठेकेदारले एउटै ट्याक्टरको एकै दिन २ किसिमका बिल काटेका छन् । लु ३ त ६१२० को ट्याक्टरलाई मिस्कट बापत माघ २० गते विहान १० बजे ६९६ नम्बरको रसिद काटेका छन् भने दिउसो २ बजे २४० नम्बरको भ्याट बिल रसिद काटेका छन् । त्यहि ट्याक्टरलाई १९ गते ४०० नम्बरको भ्याट बिल रसिद काटिएको छ । त्यति मात्र होइन स्थानीय डम्पीङ्ग गर्ने समूहलाई रसिद नै नकाटि सादा कापीमा हिसाब राख्ने गरिएको छ ।

“दिनको १० खेप गर्दा पनि रोयल्टी काटिएको छैन, काजगमा हिसाब–किताब लेखिएको छ यो त सरासर ठेक्काको नाममा चोरी हो” स्थानीय एक युवाले भने । नाकामा दिनमा ३ सय ट्याक्टर र ट्रिपरले नदीजन्य पर्दाथ ओर्सादा १ हप्तामा जम्मा २ सय ४० वटा रसिद काटेको देखिनु ठाडै चोरी हो उनले भने । प्रति ट्याक्टर भ्याट सहित १०० घनफिटको ९०५ रुपैयाको रसिद काटेपनि १ हजार रुपैया लिने गरेको समेत ट्याक्टर ढुवानीकर्ताहरुले दुखेसो पोखेका छन् । ठेक्का लिएका ठेकेदार कृष्ण पोख्रेलले माथि देखि तल सबै मिलाएको हुदा केहि फरक नपर्ने नाकामा खटिएका कर्मचारीले भने । “प्रहरी प्रशासन, नगरपालिका, पत्रकार सबै मिलाएका छौ जति खिच्न छ खिच्नुस केहि फरक पर्दैन” रसिद काट्न खटिएका एक कर्मचारीले भने ।

ठेकेदारले कबोल गरिएको परिमाण मात्र होइन, राज्यलाई तिर्ने १३ प्रतिशत भ्याटको रकम समेत चोरी गरेको र सरकारी बिल, छाप किर्ते गरेको नक्कली रसिद बाटै छर्लङ्ग हुन्छ । तर नगरपालिकामा जानकारी गराउदा समेत वेवास्ता हुदा मिलेमतोको आशंका देखिएको छ । कपिलवस्तुको बुद्धभूमीमा मात्र होइन शिवराज नगरपालिका, बाणगंगा नगरपालिकाहरुमा समेत खोलिएका नदिजन्य पर्दाथ निकासी ठेक्काका ठेकेदारले परिमाण र राजस्व छलि गर्न नक्कली बिल प्रयोग सुरु गरिसकेका छन् ।

ठेक्का लगाउने तर नदि दोहनको अवस्था, निकासी परिमाण र ठेक्का अवस्था बारे वास्ता नगर्ने स्थानीय सरकारकै रवैयाका कारण ठेकेदार मोटाउने र सरकारको राजस्व बर्षेनी घट्दै गएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP