काठमाडौँ – पाँच जनाको हत्या र एकजना बेपत्ता पारिएको रुकुमको चौरजहारी हत्याकाण्डका दोषीलाई कारबाहीको माग गर्दै सडक र सदन तात्न थालेको छ । दोषीलाई कारबाहीको माग गर्दै लकडाउनकैबीच पनि नागरिकहरु सडकमा उत्रन थालेका छन् । आज पनि राजधानी काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा चौरजहारी हत्याकाण्डका दोषीलाई कारबाहीको माग गरेर प्रदर्शन भएको छ ।
प्रदर्शनकारीहरुले जातीय विभेदका कारण नै पाँचजनाको हत्या र एक जना बेपत्ता पारिएको दाबी गर्दै घटनाका दोषीलाई कडा कारबाहीको माग गरेका छन् । प्रमुख विपक्षी नेपाली कांग्रेसले आज प्रतिनिधिसभा बैठकमा समेत यसबारे गम्भीर ध्यानाकर्षण गराएको छ ।
कांग्रेसले उक्त घटनाको छानबिनका लागि संसदीय समिति गठन नगरे चरणवद्ध आन्दोलनको चेतावनी दिएको छ ।
कांग्रेस सांसद मानबहादुर विश्वकर्माले चौरजहारी घटनाका दोषीलाई जोगाउन रुकुममा रकमी चलखेल भइरहको आरोप लगाउनुभयो । उहाँले गृहमन्त्रीले कर्मचारीको नेतृत्वमा गठन गरेको छानबिन समितिले निष्पक्ष रहेर काम गर्न नसक्ने जिकिर गर्दै दलित सांसदको नेतृत्वमा संसदीय समिति गठन गर्न माग गर्नुभयो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया