Trending
flash विजयनगरका नदीजन्य पदार्थ उत्खनन्मा जेसीबी प्रयोग, सम्बन्धित निकाय मौन राजनीति प्रभु शाहलाई मन्त्री नबनाएपछि आजपाले भन्यो– प्रचण्डले धोका दिए राजनीति जनमत पार्टी मन्त्री पदको भोको होइनः सिके राउत समाज गर्मीसँगै देखिन थाले डेंगुका विरामी, फागुनयता ३ सय संक्रमित राजनीति प्रचण्डको काँधमा पाँच वटा मन्त्रालय समाज निरन्तर उकालो लाग्दै कोभिड संक्रमित : शुक्रबार १४२ जना संक्रमित राजनीति खानेपानी मन्त्री खानले प्रधानमन्त्रीलाई बुझाए राजीनामा राजनीति सातौंपटक पनि मन्त्रिमण्डलले पाएन पूर्णता flash कृष्णनगरबाट भैरहवा मेडिकल कलेज जाने बिरामीलाई निःशुल्क बस सेवा समाज यी स्थानमा आज चट्याङसहित वर्षा

बिमित केसीका परिवारलाई दश लाखको चेक हस्तान्तरण

माधव बेल्वासे चन्द्रौटा । कपिलवस्तुको शिवराज नगरपालिका ४ बस्ने सुरक्षा केसीलाई सूर्यज्योति लाइफ इन्सुरेन्सले १० लाख ७ हजार ५ सयको चेक हस्तान्तरण गरेको छ । केसीका श्रीमान् बिमित जित बहादुर केसीको गत मङ्सिर ८ गते निधन भएको थियो ।

केसी निवासमा एक कार्यक्रमका बिच लुम्बिनी प्रदेशसभा सदस्य अर्जुन कुमार केसी र चन्द्रौटा शाखा प्रमुख युवराज पौडेलले बिमा दाबी भुक्तानी बापतको चेक हस्तान्तरण गरिएको हो । कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य केसीले बिमा जीवनमा अपरिहार्य रहेको बताउनु भयो । मृत्यु पश्यात परिवारको आर्थिक अवस्थामा सहजता आउने तथा जीवित भएमा निश्चित समयपछि दोब्बर रकम प्राप्त हुने भएकोले बिमा आवश्यक रहेको बताउनु भयो ।

बिमा प्रति कतिपयले गलत सूचना प्रवाह गरे पनि बिमा ऐन नियममा रहेर नागरिकहरूलाई सेवा प्रदान गरेको बताउनुभयो । जित बहादुर केसीको मृत्युले स्तब्ध भएको भन्दै बिमा बाट प्राप्त भएको रकमलाई जिविको पर्जन तथा उत्पादन क्षेत्रमा लगानी गर्न सुझाव दिनुभयो । सूर्य ज्योति लाइफ इन्सुरेन्स चन्द्रौटा शाखा प्रमुख युवराज पौडेलले विना झन्झट सहज रुपम बिमा दाबी भुक्तानी गरेको बताउनुभयो ।

घातक रोगहरूको उपचारको लागि उत्कृष्ट सुविधा प्रदान गर्ने पहिलो बिमा कम्पनी रहेको बताउनुभयो । मृतक कि श्रीमती सुरक्षा केसीले सहज रूपमा बिमा बापतको रकम पाएको बताउनुभयो । समयमै भुक्तानी दिने भएकोले यस क्षेत्रकै लोकप्रिय बिमा कम्पनिको रुपमा सूर्य ज्योति लाइफ इन्सुरेन्सलाई मान्ने गरिन्छ ।

कार्यक्रममा नेपाल इन्भेस्टमेन्ट मेगा बैकका प्रमुख नारायण प्रसाद पन्थी,एजेन्सी म्यानेजर केशर महतराको सहभागिता र सूर्य ज्योति लाइफ इन्सुरेन्स सेल्स एजुकेटिभ दीपेन्द्र खड्काको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP