Trending
flash विजयनगरका नदीजन्य पदार्थ उत्खनन्मा जेसीबी प्रयोग, सम्बन्धित निकाय मौन राजनीति प्रभु शाहलाई मन्त्री नबनाएपछि आजपाले भन्यो– प्रचण्डले धोका दिए राजनीति जनमत पार्टी मन्त्री पदको भोको होइनः सिके राउत समाज गर्मीसँगै देखिन थाले डेंगुका विरामी, फागुनयता ३ सय संक्रमित राजनीति प्रचण्डको काँधमा पाँच वटा मन्त्रालय समाज निरन्तर उकालो लाग्दै कोभिड संक्रमित : शुक्रबार १४२ जना संक्रमित राजनीति खानेपानी मन्त्री खानले प्रधानमन्त्रीलाई बुझाए राजीनामा राजनीति सातौंपटक पनि मन्त्रिमण्डलले पाएन पूर्णता flash कृष्णनगरबाट भैरहवा मेडिकल कलेज जाने बिरामीलाई निःशुल्क बस सेवा समाज यी स्थानमा आज चट्याङसहित वर्षा

बलि दिन भारत पुर्‍याइएकी बालिकाको उद्धार, नजिककै साथीको संलग्नता

काठमाडौं : बलि दिन भारत पुर्‍याइएकी १६ वर्षीया नेपाली किशोरीको उद्धार गरिएको छ।

मानव बेचबिखन अनुसन्धान ब्युरोको पहलमा भारतको दिल्लीस्थित मङ्गलबजार गल्लीबाट मङ्गलबार उनको उद्धार गरिएको हो। उद्धारपछि उनलाई एक सामाजिक संस्थाको जिम्मामा राखिएको छ।

ब्युरोले शुक्रबार पत्रकार सम्मेलन गरी किशोरी उद्धारबारे जानकारी दिएको हो। ‘बालिकालाई तान्त्रिक बाबासँग भेटाइ तान्त्रिक बाबा खुसी भएमा अथाह पैसा पाउने भनिएको रहेछ, भारत लानुअघि बालिकाको तौल, उचाई, शरीरमा दाग, टाटु र रजस्वला भए नभएको परीक्षण गरिएको रहेछ,’ ब्युरो निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले भने।

उनका अनुसार बालिकालाई भारत लानुअघि र लगेपछि दुई पटक शारीरिक परीक्षण गरिएको थियो। ६० केजी तौल भएको, कम्तीमा उचाई ५ फिट ४ इञ्चभन्दा माथि भएको, शरीरमा कुनै प्रकारको दाग वा टाटु, कुनै अङ्गमा चोटपटक नभएको र रजस्वला नभएको बालिकाको खोजी हुने क्रममा उक्त किशोरी भेटिएको अभियुक्तहरुले जानकारी दिएको प्रहरीको भनाइ छ।

उनले भने, ‘प्रारम्भिक अनुसन्धानअनुसार अभियुक्तले बालिकालाई मुख्य तान्त्रिक बाबासँग केही दिनमा भेटाउने योजना बनाएको पाइएको छ। उनीहरुको आगामी पूर्णिमामा बालिकाको बलि चढाउने योजना रहेछ।’

निर्देशक श्रेष्ठले किशोरी भने यसबारे जानकार नभएको बताए। उनले भने, ‘हामी दुई महिनादेखि बालिकाको खोजी अनुसन्धानमा जुटेका थियौँ, दुई दिनअघि पाएको सूचनाका आधारमा बालिकाको उद्धार गरिएको हो।’

पीडित किशोरीलाई मङ्सिर १७ गते मामाघरबाट काठमाडौं ल्याइएको थियो। पुस १९ सम्म काठमाडौंमा उनलाई बन्धक बनाइएको थियो। पुस २० गते बालिकालाई नेपाल–भारत सीमा सुनौली हुँदै दुई दिनमा भारतको दिल्लीस्थित पाहाडगञ्जमा पुर्‍याइएको प्रहरीको भनाइ छ।

भारत पुर्‍याएपछि भारतका विभिन्न तीन स्थानमा रहेका तान्त्रिक बाबासमक्ष विभिन्न मितिमा निज बालिकालाई लगिएको थियो। आमा र बाबुबीचको सम्बन्ध खटपटका कारण किशोरी मामाघरमा बस्दै आएकी थिइन्। ती बालिकालाई प्रलोभन देखाउनेमा बालिकाको नजिकको साथी र महिला संलग्न रहेको खुलेको छ।

अहिले प्रहरीले यस घटनामा संलग्न ६ जनालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको जानकारी निर्देशक श्रेष्ठले दिए। प्रहरीको तथ्याङ्कअनुसार नेपालका विभिन्न नाकाबाट बेचबिखन र ओसारपसार हुनबाट माघ महिनामा मात्र विभिन्न देशबाट १८ जना महिलाको उद्धार गरिएको छ।

पछिल्ला ५ वर्षमा ३० जना बालिकालाई बेचबिखन तथा ओसारपसार हुनबाट उद्धार गरिएको प्रहरीको भनाइ छ। बेचबिखन तथा ओसारपसार हुनबाट बालिका, महिला, बालक र पुरुष गरी ४ सय ४३ जनाको उद्धार गरिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP