Trending
flash भ्रष्टाचार मुद्दामा मुछिएका सांसद यादव निलम्बित अन्तर्राष्ट्रिय नेतन्याहूले सार्वजनिक गरे युद्धपछिको गाजाबारे योजना राजनीति परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता राजनीति साँस्कृतिक महोत्सवमा सहभागी हुन प्रधानमन्त्री आज सर्लाही जाने समाज आज माघ शुक्ल पूर्णिमा, स्वस्थानी व्रत समापन गरिँदै समाज पर्खाल ढल्दा एकजनाको मृत्यु अपराध प्रसूति गृहबाट चोरिएको शिशु काँडाघारीमा फेला, महिला पक्राउ समाज टिकटक खुला गर्ने इन्टरनेट कम्पनीसँग प्राधिकरणले माग्यो स्पष्टीकरण खेल वाफ च्याम्पियनसिपमा नेपालले आज प्यालेस्टाइनसँग खेल्ने flash कृष्णनगरको अस्थायी बस पार्क पुरानो नगरपालिका प्राङ्गणमा

कैदी सांसदलाई छाड्न माग गर्दै कैलालीमा जुलुस

धनगढी : कैलालीमा नागरिक उन्मुक्ति पार्टीले आफ्ना प्रतिनिधिसभा सदस्य तथा सचेतक अरुणकुमार चौधरीलाई रिहा गर्न माग गर्दै जुलुस तथा आन्दोलन चर्काएको छ।

प्रतिनिधिसभा सदस्य चौधरीलाई जेल चलान गरेपछि नागरिक उन्मुक्तिका नेता तथा कार्यकर्ताहरूले जिल्लामा आन्दोलन चर्काएका हुन्।

उनीहरूले पूर्वपश्चिम राजमार्ग अन्तर्गत लम्कीमा विरोध तथा राँके जुलुसहित प्रदर्शन गरेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीले नाउपाका २०० भन्दा बढी कार्यकर्ता विरोधमा उत्रिएपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ।

विरोधमा कार्यकर्तासहित उक्त पार्टीका प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य पनि सहभागी थिए।

बाँकेबाट बिहीवार पक्राउ परेका चौधरीलाई काठमाडौं हुँदै धनगढी ल्याएर शुक्रवार जिल्ला अदालतले कारागार चलान गरेको छ।

१३ वर्षअघिको आगजनीको मुद्दामा अदालतले सांसद चौधरीसहितका तीनजनालाई ६ महिना कैद र जरिवाना सुनाएको थियो। अहिले उनीहरू कैद भुक्तान गरिरहेका छन्।z

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP