सोलुखुम्बु : सोलुखुम्बुको सोताङ गाउँपालिकामा सुत्केरीको ज्यान गएको छ। अत्यधिक रक्तस्रावका कारण सोताङ गाउँपालिका-५ की ३० वर्षीया गंगा बस्नेतको ज्यान गएको जिल्ला अस्पताल फाप्लुका डाक्टर अजय चौधरीले जानकारी दिए।
उनका अनुसार बिहीबार दिउँसो सोताङ प्राथमिक अस्पतालमा अप्रेशनमार्फत छोरालाई जन्म दिएकी बस्नेतको रक्तस्राव नरोकिएपछि जिल्ला अस्पताल फाप्लु ल्याउँदै गर्दा बाटोमै मुत्यु भएको हो।
अप्रेशनपछि तत्काल नै रगत चाहिँदा रगत अभावपछि सोताङ प्राथामिक अस्पतालले जिल्ला अस्पताल फाप्लु रेफर गरेको थियो। जिल्लाको कुनै पनि अस्पतालमा ब्लड बैंक नभएका कारण सुत्केरीलाई तत्काल रगत चाहिए उपलब्ध गराउन नसकिने डाक्टर चौधरीले बताए।
गतराति १० बजे सुत्केरीलाई जिल्ला अस्पतालमा ल्याइए पनि उनको मुत्यु भइसकेको अस्पतालले जनाएको छ। शिशुको अवस्था सामान्य छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया