Trending
खेल प्रधानसेनापति खुला म्याराथन फागुन १० गते गर्दै सेना, पहिलोलाई ३ लाख नगद अन्तर्राष्ट्रिय दश यात्रु बोकेको विमान अलास्का क्षेत्रबाट बेपत्ता खेल महिला क्रिकेट : नेपाल जितविहीन, थाइल्याण्डले जित्यो सिरिज समाज सरकारले साढे १० लाख डोज वीर्य निकालेर वितरण गर्‍यो! समाज बेलायती अधिराजकुमार र अधिराजकुमारीले हेरे २७४ युवाले देखाएको परेड राजनीति रवि विरुद्धको रवैयामा सरकारले मूल्य चुकाउनैपर्छ : अर्याल राजनीति राष्ट्रपति चुरे संरक्षण कार्यक्रममा प्रगति भएको छ : मन्त्री राई समाज ‘केही वर्षसम्म हिउँले ढाकिएको क्षेत्र अहिले हिउँविहीन भयो’ राजनीति एसइईका ‘नन ग्रेडेड’ विद्यार्थीले प्रि-डिप्लोमा तहमा पढ्न पाउने व्यवस्था लागू राजनीति डिजिटल भुक्तानीमा लगाएको भ्याट खारेज गर्न सांसद डाँगीको माग

सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रमः रोगबाट बचाऔँ, भोकबाट जोगाऔँ

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणका कार्यक्रमलाई प्राथमिकता दिदै आर्थिक वर्ष २०७७र७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।

सोमबार प्रदेश प्रमुख शर्मिला कुमारी पन्तले आगामी आर्थिक बर्ष २०७७र०७८ नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्नुभएको हो। प्रदेश सरकारले कोरोना भाइरसको महामारीपछि प्रभावित भएकाहरुलाई लक्षित गर्दै नीति तथा कार्यक्रम ल्याएको छ ।

प्रदेश सरकारले आगामी आर्थिक बर्षको लागि रोगबाट बचाऔँ, भोकबाट जोगाऔँ अभियान संचालन गने नीति लिएको छ । नीति तथा कार्यक्रममा ९ वटै जिल्ला अस्पतालको स्तरोन्नति गर्ने, धनगढी, महेन्द्रनगर र डडेल्धुराका स्वास्थ्य संस्थाको स्तरोन्नति गर्ने, बैतडी, डोटी र अछाम अस्पतालमा मोलिक्युलर सेटअफ सहितको प्रयोगशाला स्थापना गर्ने उल्लेख गरिएको छ ।

त्यस्तै प्रदेशमा एउटा सुविधा सम्पन्न ट्रमा सेन्टर स्थापना गर्ने, एक सय शय्याको सरुवा रोग नियन्त्रण अस्पताल र क्यान्सर अस्पताल सञ्चालन गर्ने, सेती र महाकाली अस्पतालबाट विशिष्टकृत सेवा सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । विगतको बर्ष जस्तै मुख्यमन्त्री एकीकृत कृषि कार्यक्रम, नमूना गाउँ आफै बनाउ कार्यक्रमलाई पनि अगामी वर्ष निरन्तरता दिइने भएको छ ।

प्रदेशमा प्रदेश विश्व विद्यालय स्थापना गर्न सम्भाव्यता अध्ययन गर्ने, पिछडिएका वर्गका जेहेन्दार विद्यार्थीलाई चिकित्सा शिक्षा लगायत उच्च शिक्षा अध्ययन गर्न छात्रवृत्ति उपलब्ध गराईने, पूर्ण साक्षर प्रदेश घोषणा गर्ने, सामाजिक विकास कार्यालय र तालिम केन्द्र सञ्चालन गर्ने कार्यक्रम पनि समावेश गरिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP