काठमाडौं ।समाजवादी जनता पार्टीका शिर्ष नेता महेन्द्र राय यादवले संविधानमा नक्सालाई समेट्ने सम्वन्धी प्रस्तावका बारेमा पार्टीले उपयुक्त समयमा उपयुक्त निर्णय गर्ने बताउनु भएको छ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उहाँले समय आएपछि यस बारेमा निर्णय गर्ने र अहिले नै केही भन्न नसक्ने बताउनुभयो ।
जनताको भावना र देशको आवश्यकता अनुसार संविधान संशोधन सम्वन्धी प्रस्तावमा पार्टीले निर्णय लिने उहाँको भनाई छ । भारतले मिचेको नेपाली भूमिलाई समेत समेटेर नेपालले बनाएको नक्सालाई संविधानमा समावेश गर्ने प्रस्तावमा आफुहरुले मतदान गरिन्छ की गरिन्न अहिले नै भन्न नसकिने उहाँको आशय थियो ।
लामोसमयदेखि संविधान संशोधनको माग राख्दै आएको राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी नेपालले अहिले एकिकरण भएपछि पनि त्यसलाई निरन्तरता दिदै आएका छन् । अहिले नक्साका लागि संविधान संशोधन हुन लागेकाले यही बेलामा आफ्ना मागहरुलाई पनि संवोधन गर्नु पर्ने सर्त राख्दै उनीहरुले हिजो संसद सचिवालयमा संविधान सशंसोधन सम्वन्धी अर्को प्रस्ताव पनि दर्ता गराएका छन् ।
प्रस्तावमा उनीहरुले प्रदेशको संख्या तथा सिमांकन हेरफेर गर्नुपर्ने, त्यसका लागि सिफारिस गर्न संघीय आयोग बनाउने, प्रदेशसभामा प्रदेशको प्रतिनिधित्व हेरफेर गर्ने लगायतका विषयलाई समावेश गरेका छन् ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया