Trending
राजनीति रेशमलाई छाड्न सर्वोच्चबाट पठाइयो अर्को पत्र, पक्राउको पत्र काट्ने शाखा अधिकृत आफैँ पक्राउ राजनीति गणतन्त्रमा स्वतन्त्र हुन नचाहेर ‘रैती हुन पाऊँ’ भन्नेहरूले व्यवस्थाको विरोध गरे : प्रधानमन्त्री राजनीति रेशम चौधरीलाई कार्यक्रमस्थलमै पक्राउ गर्नु अलोकतान्त्रिक : सिके राउत राजनीति सत्ता गठबन्धनको बैठकमा के–के भयो ? राजनीति रेशम चौधरी पक्राउ, जनमतसँगको एकता घोषणा कार्यक्रम स्थगित राजनीति कञ्चनपुरमा प्रचण्ड, सहिद परिवारहरूसँग भेटघाट राजनीति प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै एकीकृत समाजवादी समाज प्रहरीद्वारा अवैध घरेलु मदिरा नष्ट राजनीति सत्तारुढ दलहरूको बैठक बालुवाटारमा समाज सुन तोलामा सात सयले घट्यो, कतिमा हुँदैछ कारोबार?

मनसुन : जुन १० कै आसपासमा नेपाल भित्रने अनुमान, भारतको केरलासम्म आइपुग्यो

काठमाण्डौ – यसपालीको मनसुन जुन १० कै आसपासमा भित्रिने मौसमविद्ले अनुमान गरेका छन् ।

यसअघि एक हप्ता ढिलो गरी मनसुन भित्रिने भनिए पनि अहिले अरब सागरमा न्यूनचापीय प्रणाली विकास भएकाले जुन १० तारिखकै आसपासमा मनसुन भित्रिने अनुमान गरिएको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । 

उहाँका अनुसार भारतको केरलासम्म मनसुन भित्रिसकेकाले पनि बेलैमा मनसुन भित्रने अनुमान गरिएको हो । दक्षिण पूर्वी अरब सागरमा रहेको न्यूनचापीय क्षेत्र उत्तरतर्फ सरिरहेको र चक्रवात बन्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मनसुन समयमा नै भित्रिए बालीनालीलाई एकै पटक सखाप पार्ने फौजी किरा पनि नेपाल प्रवेश गर्न नपाउने विज्ञले बताउँदै आएका छन् ।

यो प्रणाली उत्तरपूर्व सर्ने क्रममा रहेकाले नेपालका केही ठाउँमा बिहीबारदेखि तीन दिन वर्षा हुने अनुमान गरिएको मौसमविद् कँडेलले बताउनुभयो । यस्तै यही प्रणालीको प्रभावका कारण पश्चिमका हिमाली जिल्लामा हिमपातको सम्भावना पनि छ ।

आज काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । तर न्यूनचापीय प्रणाली र पश्चिमी वायुको प्रभावका कारण बेलुका पख केही पहाडी क्षेत्रमा पानी पर्ने मौसमविद्ले बताएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP