Trending
राजनीति प्रतिनिधिसभाले पारित गर्‍यो ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ राजनीति भारत भ्रमणमा जानुअघि मुख्यमन्त्री साहले भने- कुनै पनि आतंककारी गतिविधि नेपाललाई अस्वीकार्य अन्तर्राष्ट्रिय म्यान्माका अधिकारीहरू सुकीको बङ्गला लिलामीमा चौथो पटक असफल भए राजनीति वर्तमान शासन व्यवस्थाको विकल्प छैन तर सरकार चाहिँ इमानदार हुनुपर्छ : प्रचण्ड मनोरन्जन ‘एलओडीले छ वसन्तमा धेरै पालुवा फेरेको छ’ शिक्षा किन सरकार-शिक्षकबीच हुन सकिरहेकाे छैन सहमति ? राजनीति ‘संविधान संशोधन गरेर शिक्षकलाई संघअन्तर्गत राखौँ, नत्र गोहीका आँसु ननिकालौँ’ समाज धरानबाट हराएको बस विराटनगरमा भेटियो राजनीति सोमबारको संसद् बैठकमा अश्लील बोलेको छैन : पूर्वमन्त्री आले राजनीति सरकारले शिक्षकहरूलाई विद्यालय फर्किने वातावरण बनाओस्ः सांसद खतिवडा

व्यापारीले पसल खाेलेपछि जाेरपाटीमा प्रहरीसगँ झडप

काठमाडौं । राजधानी भित्रै रहेकाे जाेरपाटीमा व्यपार गरेका व्यापारीहरूले  लकडाउनले  व्यवसायमा असर परेकाे भन्दै पसल खाेलेपछि बन्द गर्न गएका प्रहरीहरूसगँ पसलेहरूकाे झडप भएकाे छ ।

संसारभर महामारीका रूपमा फैलिइरहेकाे काेराेना भाइरसकाे संक्रमण नफैलियाेस् भन्दै सरकारले बारम्बार लकडाउन लब्याएपछि आक्राेशित बनेका व्यपारीहरूले सरकारकाे निर्देशनकाे अबज्ञा गर्दै पसल खाेल्न थालेपछि यस्ताे झडप भएकाे हाे  ।

मोबाइलदेखि, जुत्ता, फेन्सी लगायतका पसल खुला गरेर व्यापार गर्न थालेका पसलेहरूलाइ प्रहरीले जवरजस्त बन्द गर्न लगाएपछि व्यापारीहरू एकाएक बिराेधमा उत्रिएका थिए ।

पसलको भाडा तिरिरहनुपर्ने, सरकारलाई कर पनि तिरिरहनु पर्ने तर पसल चाहिँ खोल्न किन नपाउने भन्दै उनीहरुले प्रश्न गरेकाे एक स्थानियले बताएका छन् । उनका अनुसार करिब ६० व्यवासायीहरु आन्दोलित मुडमा उत्रिएका थिए।

७१ दिन लगातार लकडाउन लम्ब्याउने बाहेक सरकारले कुनै योजना अगाडि सार्न सकेको छैन। आजैमात्र पनि सरकारले कर चुक्ता गर्न सूचना जारी गरेको छ। व्यवसायीहरु पनि सरकारको लकडाउन गर्ने र व्यवसायीलाई कुनै पनि राहतका कार्यक्रम नल्याउने रणनीतिबाट आजित भएका छन्। आजै चितवनमा पनि व्यापारीहरुले सरकारको कदमविरुद्ध विरोध कार्यक्रम आयोजना गरेका थिए।

‘जोरपाटीमा कुनै झडप चाहिँ भएको होइन। उहाँहरुले पसल खोलेपछि हाम्रो टोलीले गएर बन्द गराएको हो,’ महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजकुमार केसीले भने ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP