Trending
राजनीति बालुवाटार बैठक : आज पनि टुंगिएन बाँडफाँड, नेताहरूसँग पालैपालो छलफल गर्दै प्रधानमन्त्री राजनीति सरकार र मिटरब्याज पीडितको आज वार्ता राजनीति राष्ट्रपतिको आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाल अन्तर्राष्ट्रिय रुसले भारतमा तेल बिक्री बढाउने समाज सगरमाथा आरोहणका लागि ३१ जनाले लिए अनुमति राजनीति मन्त्रीको नाम टुंगो लगाउन आज कांग्रेस कार्यसम्पादन समितिको बैठक राजनीति गठबन्धनमा संख्यामा मात्रै सहमति, आज होला त मन्त्रिपरिषद विस्तार ? राजनीति नेपाली र अमेरिकी सेनाबीच संवाद, के विषयमा भयो कुराकानी? समाज आज यी स्थानमा वर्षाको सम्भावना समाज राहदानी विभागको टोली पोर्चुगलमा

सापटी तिर्न अपहरणको नाटक, ६ जना पक्राउ

काठमाडौं : एक समूहले पैसाका लागि अपहरणमा परेको नाटक मञ्चन गरेको तथ्य फेला परेको छ। यसरी अपहरणमा परेको भनी नाटक गर्ने छ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरका अनुसार पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका–१३ बस्ने ४७ वर्षका विदुर बस्नेत, चितवनको भण्डारा घर भई हाल नैकाप बस्ने दिलीप विक, सर्लाही घर भई बालाजु बस्ने भोला महतो, काभ्रेका जगतबहादुर भोलान र कान्छामाया जिम्बा तथा धादिङका आशमान लामा रहेका छन्।

उनीहरू सबै चिनजानका मान्छे रहेको पाइएको छ। उनीहरूमध्ये विदुर बस्नेतले सुरुमा जगतबहादुरसँग पैसा सापटी लिएको तर लामो समयसम्म नतिरेको र सोही कारण बस्नेतको परिवारबाट पैसा असुल गर्न अपहरणको नाटक गरेको फेला परेको राठौरले जानकारी दिए।

उक्त नाटक तयार पारी उनीहरू काठमाडौँको चन्द्रागिरि–१३ पुरानो नैकापस्थित कङ्काली पिस ब्याम्बो रिसोर्टमा बसेका थिए। त्यहाँबाट बस्नेतको परिवारमा अपहरण परेको र पैसा दिए छुटाइदिने भनेर फोन गयो।

त्यसपछि परिवार सूचना लिएर प्रहरीमा पुग्यो। अनि महाशाखाको टोली आवश्यक रणनीति बनाएर कलङ्कीमा पैसा दिने सहमति बन्यो। त्यही बेला पैसा लिन आएका जगतबहादुर भोलानलाई नियन्त्रणमा लिइएको थियो।

उनको बयानका आधारमा उनीहरू नैकापमा रक्सी खाएर बसेको पत्ता लागेपछि अन्य पाँचलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक राठौरले बताउनुभयो। उनीहरूलाई थप अनुसन्धानका लागि आज जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाइएको कार्यालयले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP