Trending
flash पूर्वपश्चिम राजमार्ग : डाईभर्सन बाढीले बगाउँदा सवारी आवागमन अवरुद्ध flash माटोको ढिस्को खस्दा एक जनाको मृत्यु, ५ जना घाइते flash ५० वर्ष पुगेका एकल महिला र पुरुषलाई जीवन निर्वाह भत्ता समाज अमलेखगञ्‍जको जंगलमा बाघको आक्रमणबाट एकजनाको मृत्यु समाज ‘बिजनेस दिन’ र संसद्लाई सक्रिय तुल्याउन सरकार चुकेको छैन : कानुनमन्त्री चौरसिया समाज पर्यटकको रोजाइमा लटारम्मेश्वर समाज सुनको मूल्य तोलामा ९ सय बढ्यो राजनीति प्रधानमन्त्रीको नेतृत्वमा रहेको उच्चस्तरीय सुशासन आयोगको बैठक बस्दै राजनीति रौतहटमा दुईसय व्यक्ति कांग्रेसमा प्रवेश, मधेश सभापति यादवले गरे स्वागत राजनीति भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति चाहिन्छ : रास्वपा

सियारीमा रहेको रामजानकी मन्दिर स्थानियको सक्रियतामा संरक्षण गरिदै

नरेश चौधरी, रुपन्देही।  करिब २ सय वर्ष पुरानो इतिहास बोकेको रुपन्देही जिल्लाको सियारी–३ स्थित रामजानकी मठ तथा मन्दिरको स्थानियहरुको सकृयतामा संरक्षण गर्न लागिएको छ ।

ऐतिहासिक मन्दिरलाई पर्यटकिय स्थलका रुपमा विकास गर्न तथा मन्दिरको चलअचल सम्पत्ती संरक्षण गर्ने उद्देश्यले गाउँपालिकाको सहकार्यमा स्थानियहरुको सकृयतामा सो मठको संरक्षण गर्नका लागिएको हो ।

मन्दिर र यसको जग्गा संरक्षण हुन नसक्दा पर्यटकीय संभावना बोकेको ऐतिहासिक रामजानकी मन्दिर ओझेलमा पर्दै गएको छ । जग्गा दाताहरुले मन्दिरको नाममा जग्गा दिएर गुठी सञ्चालन गरे पनि मठको अवस्था नाजुक बन्दै गएपछि स्थानियहरु यस मन्दिरको संरक्षणमा जुटेका हुन् ।

गुठी तथा मन्दिरको नाममा करिब ६० विगाहा जमिन छ र चल अचल सम्पत्ती छ । मठको जग्गा यकिन गरि जग्गा संरक्षण तथा इतिहास बोकेको रामजानकी मन्दिर संरक्षण गरि मठको विकास हुनुु पर्ने स्थानीयको भनाई छ ।

अहिले सम्म मन्दिरको सामान्य मर्मत सम्भार समेत भएको छैन । गुठीको सम्पत्तीको दुरुपयोग र मन्दिरको विकास हुन नसक्दा स्थानीय रुष्ट छन् । मन्दिरमा रहेका संरक्षक भनिने महन्तको ब्यक्तिगत स्वार्थले गर्दा सम्पत्तीको दुरुपयोग भएको स्थानियको भनाई छ । गुठीको जग्गालाई यकिन, ब्यवस्थित तथा संरक्षण गर्न नसक्दा जग्गा अतिक्रमणमा पर्ने गरेको छ ।

भने कतिपय भू–माफियाले चलखेल समेत गर्ने गरेको स्थानियहरुको भनाई छ । मन्दिरमा रहेको जग्गा संरक्षण हुनु पर्ने, मन्दिरको आम्दानी मन्दिरको विकासमा लगाउनु पर्ने, हिसाव किताव पारदर्शी तरिकाले राख्नु पर्ने, स्थानिय तथा अन्य सवै भक्तजनहरुले पुजापाठ गर्न पाउनु पर्ने लागयतका माग आफुहरुले विगत देखि नै उठाउदै आएको स्थानिय सोमै थारु बताउछन् ।

अहिले मन्दिर र गुठीको जग्गा संरक्षणका लागि स्थानिय गाउँपालिका र गुठीका संरक्षक भनिने महन्त विच आपसी द्धन्द चलेको छ । परिणाम स्वरुप मठ अलपत्रमा परेकोछ । राजनीतिक चलखेलले गर्दा मठको विकास हुन नसकेको मठका महन्त प्रमुख संरक्षक भनिने रविन्द्रदास वैष्णवको आरोप छ । राज्यको ऐन–नियम अनुसार मन्दिर तथा मठको जग्गा संरक्षण गरिने र सो क्षेत्रको विकास गरिने सियारी गाउँपालिका अध्यक्ष अयोध्या थारु बताउँछन् ।

गाउँपालिका भित्र रहेको सर्वजानीक सम्पत्ति,मठमन्दिर,ऐतिहासीक स्थल लगाएतको संरक्षण गाउँपालिकाले गर्ने उनको भनाई छ । भैसाखादरमा रहेको रामजानकी मन्दिरलाई लुम्विनी संग जोडेर पर्यटकीय स्थालका रुपमा विकास गर्न सकिने समेत उनले बताए । मन्दिरको विकासका लागि अगामी दिनमा बजेट विनियोजन गरि सो मन्दिरको आवश्यक भौतिक पुर्वधारको विकास गरिने तथा जग्गा संरक्षणका लागि तारवार लागाईने उनले जानकारी दिए ।

स्थानियको सकृयता तथा गाउँपालिकाको सहकार्यमा मन्दिर संरक्षण सम्वद्र्धन तथा संचालन गरिने सियारी गाउँपालिका वडन नं. ३ का वडा अध्यक्ष घिसन अहिरले बताए । ऐतिहासीक मन्दिर ओझेलमा परेको र जग्गा समेत अतिक्रमणमा परेकोले स्थानियहरुको अगुवाईमा यसको संरक्षणका लागि ११ सदस्यीय मन्दिर संरक्षण समिति गठन गरिएको उनले जानकारी दिए ।

मन्दिरको जग्गा संरक्षण संगै मन्दिरको आम्दिानी मन्दिरमा नै लगानी गरि मन्दिरको विकास गरिने, अबका दिनमा हिसाव किताब पारदर्शी बनाईने र मन्दिरको नाममा बंैक खाता खोलि बैंकबाट कारोबार गरिने उनको भनाई छ । गाउँपालिकाको सहयोगमा मन्दिर र मठको जग्गा संरक्षण गरिन लागिएकोमा आफुहरुलाई खुसि लागेको स्थानियहरुको भनाई छ ।

गुठीबाट भएको आम्दानी सोही मन्दिरमा लगानी गरिनु पर्ने र लुम्बिनी संग जोडिएर रहेको मन्दिरको पर्यटकीय क्षेत्रको रूपमा विकास गरिनु पर्ने स्थानियको माग छ । मन्दिर सम्वद्र्धन संचालन तथा गुठीको जग्गा संरक्षण समिति गठन गुठी तथा मन्दिरको नाममा करिब ६० विगाहा जमिन छ र चल अचल सम्पत्ती छ । यो मठ राजकीय गुठी अन्र्तगत पर्दछ । गुरु शिष्य पद्धतीबाट गुठी चल्दै आएको छ ।

मठको सम्पूर्ण रेखदेख र संचालन लक्ष्मीनारायण मठ मटिहानी महोत्तरीबाट हुने गरेकोमा पुर्ण रुपमा रेखदेख तथा संचालन हुन नसकेपछि संरक्षण तथा मठको विकासको लागि स्थानीयस्तरबाट नै समिति गठन गर्न भनि लक्ष्मिनारायण मठ मटाहानीबाट १ वर्ष अघि गाउँपालिकामा पत्र आएको थियो ।

स्थानिय तह संचालन ऐन र मटिहानीबाट आएको पत्र अनुसार गाउँपालिको सहकार्यमा स्थानियको सहभागितामा ११ सदस्यीय मन्दिर संचालन सम्र्वद्धन तथा जग्गा संरक्षण समिति गठन गरिएको छ ।

जसको अध्यक्षमा घिसन अहिर, उपाध्यक्षमा वृहस्पति थारु, सचिव सुरेश यादव, सदस्यहरुमा त्रिभवानी थारु, वालिराम यादव, राजेन्द्र यादव, रोशन प्रसाद चौधरी, मञ्जु थारु, महतन यादव, शिव कुमार थारु र मन्दिर संरक्षक बाबा पदनिय सदस्य रहने गरि रहेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP