Trending
खेल प्रधानसेनापति खुला म्याराथन फागुन १० गते गर्दै सेना, पहिलोलाई ३ लाख नगद अन्तर्राष्ट्रिय दश यात्रु बोकेको विमान अलास्का क्षेत्रबाट बेपत्ता खेल महिला क्रिकेट : नेपाल जितविहीन, थाइल्याण्डले जित्यो सिरिज समाज सरकारले साढे १० लाख डोज वीर्य निकालेर वितरण गर्‍यो! समाज बेलायती अधिराजकुमार र अधिराजकुमारीले हेरे २७४ युवाले देखाएको परेड राजनीति रवि विरुद्धको रवैयामा सरकारले मूल्य चुकाउनैपर्छ : अर्याल राजनीति राष्ट्रपति चुरे संरक्षण कार्यक्रममा प्रगति भएको छ : मन्त्री राई समाज ‘केही वर्षसम्म हिउँले ढाकिएको क्षेत्र अहिले हिउँविहीन भयो’ राजनीति एसइईका ‘नन ग्रेडेड’ विद्यार्थीले प्रि-डिप्लोमा तहमा पढ्न पाउने व्यवस्था लागू राजनीति डिजिटल भुक्तानीमा लगाएको भ्याट खारेज गर्न सांसद डाँगीको माग

बारीमै कुहिए तरकारी, किसान चिन्तामा

कैलाली । धनगढीको कृष्णनगर नजिकै व्यावसायिकरूपमा तरकारी खेती गर्दै आएका एक स्थानीय कृषक खेतमा उत्पादन भएको गोलभेँडा, बन्दालगायतका तरकारी बारीमै कुहिएपछि चिन्तित भएका छन् । लामो समयको बन्दाबन्दीले बारीमा उत्पादन भएको १८ क्विन्टल टमाटर, ३० क्विन्टलभन्दा बढी बन्दा, लौका, फर्सी, काँक्रालगायतका तरकारी बिक्री गर्न नपाएरै बारीमा सडेको कृषक फुरहार अहमदले बताउनुभयो ।

बजारका होटल, चौराहाको सब्जीबजार, हाटबजारलगायतका स्थान पूर्णरूपमा ठप्प भएपछि बारीमै तरकारी कुहिएको कृषक अहमदको दुःखेसो छ । “बन्दाबन्दीबीच कोरोनाको सङ्क्रमण समाधान हुन्छ र उत्पादित तरकारी बिक्री गरौँला भन्ने विचार थियो, तर झन् जोखिम बढ्दै गई निरन्तर बजार बन्द भएपछि तरकारी पूर्णरूपमा बिग्रियो”, उहाँले भन्नुभयो, “त्यसैमा तीन÷चार दिनको वर्षाका कारण झन् नोक्सानी भएको छ ।

” साना तथा ठूला होटलमा चाउमिन, मःमलगायतका परिकार बनाउन प्रयोगमा आउने बन्दा त पूरै किराले खाएर तथा कुहिएर सखाप भएको उहाँले बताउनुभयो । “यस वर्ष अन्य वर्षभन्दा बारीमा तरकारी एकदमै राम्रो उत्पादन भएको थियो, व्यवसाय निकै फाइदामा जान्छ भन्ने आश गरेको थिएँ, तर परिणाम ठीक उल्टो हुन पुगी व्यवसायमा घाटा बेहोर्नुप¥यो”, उहाँले भन्नुभयो ।

वरिपरिका स्थानीय ग्राहक फुटकर तरकारी किन्न बारीमा आउने गरेको भए पनि त्यो बिक्रीले खासै फरक नपर्ने उहाँको भनाइ छ । बन्दाबन्दीअघिका दिनमा क्विन्टलका क्विन्टल तरकारी बजार जाने गर्दथ्यो तर आजभोलि थारै मात्राको बिक्रीले ठूलो परिमाणमा उत्पादन भएको तरकारी त्यत्तिकै खेर गएको हो ।

“तीन बिघाभन्दा बढी जमीन भाडामा लिई प्रत्येक वर्ष धान र गहँु गरी दुई सिजन गरेर साहुलाई जमीनको भाडा तिर्ने गर्दर्थेँ तर यसपालि त भाडा तिर्न त परै जाओस् परिवार, बालबच्चा पाल्नसमेत मुस्किल भइरहेको छ”, उहाँले भन्नुभयो । विगत लामो समयदेखि व्यावसायिकरूपमा तरकारी खेती शुरु गर्नुभएका अहमदले वार्षिक रु आठदेखि १० लाख जति फाइदा हुने गरेको बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP