Trending
राजनीति प्रतिनिधिसभाले पारित गर्‍यो ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ राजनीति भारत भ्रमणमा जानुअघि मुख्यमन्त्री साहले भने- कुनै पनि आतंककारी गतिविधि नेपाललाई अस्वीकार्य अन्तर्राष्ट्रिय म्यान्माका अधिकारीहरू सुकीको बङ्गला लिलामीमा चौथो पटक असफल भए राजनीति वर्तमान शासन व्यवस्थाको विकल्प छैन तर सरकार चाहिँ इमानदार हुनुपर्छ : प्रचण्ड मनोरन्जन ‘एलओडीले छ वसन्तमा धेरै पालुवा फेरेको छ’ शिक्षा किन सरकार-शिक्षकबीच हुन सकिरहेकाे छैन सहमति ? राजनीति ‘संविधान संशोधन गरेर शिक्षकलाई संघअन्तर्गत राखौँ, नत्र गोहीका आँसु ननिकालौँ’ समाज धरानबाट हराएको बस विराटनगरमा भेटियो राजनीति सोमबारको संसद् बैठकमा अश्लील बोलेको छैन : पूर्वमन्त्री आले राजनीति सरकारले शिक्षकहरूलाई विद्यालय फर्किने वातावरण बनाओस्ः सांसद खतिवडा

बहुअपाङ्ग वृद्ध आमाकाे कथा : न भत्ता न कुनै सरकारी सुविधा

धादिङ । यहाँको सिद्धलेक गाउँपालिका–७ अमिलिटारकी बहुअपाङ्गता हुनुभएकी एक वृद्धा सरकारले उपलब्ध गराउँदै आएको अवसरबाट वञ्चित हुनुपरेको छ । गाउँमा माइजू भनेर चिनिने यी ६५ वर्षीया वृद्धाले नेपाली नागरिकता, अपाङ्गतासम्बन्धी प्रमाणपत्र, मतदाता नामावलीजस्ता राज्यबाट उपलब्ध हुने कुनै पनि परिचय नपाएकाले सामाजिक सुरक्षाका अवसर पनि पाउनुभएको छैन ।

भारती थरकी यी वृद्धाको श्रीमानकाे एक वर्षअघि मृत्यु भएको र त्यसपछि उहाँको दिनचर्या झनै दयनीय बन्दै आएको छ । अहिले उहाँले जस्ताले बारिएको छाप्रोमा जीवन गुजार्दै आउनुभएको छ । भाँचिन लागेको खाट, धेरै पुराना र पातला ओड्ने उहाँको सहारा भएका छन् । उहाँसँग एकसरो लगाउने लुगा मात्र छ । वर्षातकाे पानीले सहज निकास नपाउँदा उहाँले प्रयोग गर्ने खाटमुनि पानी जम्ने गरेको छ । टोलबाट बगेर आएको पानीले छाप्रोमा गन्ध आउने गरेको छ ।

सहयोगको याचना गर्दा समेत वरपरका मानिसले त्यति वास्ता गरेका छैनन् । ती वृद्धाले खान पाए नपाएको स्थनीयवासीले चासो दिएका छैनन् । यस्ता नागरिकको राज्यले जिम्मा लिनुपर्ने स्थानीय शिक्षिका जानुका रिजालको भनाइ छ । उहाँले स्थानीय सरकारले अपाङ्गता भएका नागरिकको सुरक्षा गर्नुपर्ने बताउनुभयो ।

दश वर्षअघि नन्द यानकुमारी गिरीको घरको शरणमा बसिरहनुभएकी यी वृद्धाले अहिलेसम्म सरकारको कुनै सुविधा पाउनुभएको छैन । गरिब परिवारमा रहनुभएकी उहाँकी नन्दले जेनतेन खुवाइरहनुभएको छ । राज्यले उपलब्ध गराउनुपर्ने कुनै पनि परिचय नभएकाले संरक्षण गर्नसमेत समस्या परेको हो ।

सिद्धलेक–७ का वडाध्यक्ष लक्ष्मण खतिवडाले उहाँको वंशजको नाता खोज्न लागिएको बताउँदै अर्को वर्ष सामाजिक सुरक्षाभत्ता दिने गरी नेपाली नागरिकता र अन्य कागज बनाउन सहयोग गरिने आश्वासन दिनुभयो । उहाँले आगामी दिनमा त्यस्ता नागरिकको पहिचान गरेर सुरक्षा दिइने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP