काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतसँग विगतमा भएका सन्धि–सम्झौता खारेज गर्न माग गर्नुभएको छ। मंगलबार राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले विगतमा भएका सन्धि सम्झौतालाई पारस्परिक र समानतामा आधारित बनाउनु पर्ने बताउनुभयो।
श्रेष्ठले सन् १९५० को सन्धिलाई पुनरावलोकन गर्नुपर्नेमा जोड दिनुभयो। सन्धि–सम्झौताबारे सहमती जुटेको इपिजी प्रतिवदेन भारतले छिटोभन्दा छिटो बुझ्नुपर्ने उहाँले बताउनुभयो।
पूर्व परराष्ट्रमन्त्री समेत रहेका नेता श्रेष्ठले नेपाल सीमा समस्या वार्ताकै माध्यमबाट समाधान गर्न तयार रहेको बताउनुभयो। ऐतिहासिक तथ्य र प्रमाणको आधारमा समस्या समाधान गर्न सकिने उहाँको भनाइ छ।
दुवै पक्षले अनावश्यक आक्रोश, आवेश वा उत्तेजनामा आउने काम गर्न नहुनेमा जोड दिँदै उहाँले भारतीय सेना प्रमुखले नेपालबारे राखेको धारणा आपत्तीजनक भएको बताउनुभयो।
ऐतिहासिक तथ्य र प्रमाणहरूको आधारमा नेपालले आफ्नो वास्तविक नक्सा सार्वजनिक गर्ने निर्णय गरेपछि भारतका सेना प्रमुख मनोजमुकुन्द नरभानेले नेपालले कसैको (चीन) इसारामा यस्तो काम गरिरहेको आरोप लगाएका थिए ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया