Trending
राजनीति रेशमलाई छाड्न सर्वोच्चबाट पठाइयो अर्को पत्र, पक्राउको पत्र काट्ने शाखा अधिकृत आफैँ पक्राउ राजनीति गणतन्त्रमा स्वतन्त्र हुन नचाहेर ‘रैती हुन पाऊँ’ भन्नेहरूले व्यवस्थाको विरोध गरे : प्रधानमन्त्री राजनीति रेशम चौधरीलाई कार्यक्रमस्थलमै पक्राउ गर्नु अलोकतान्त्रिक : सिके राउत राजनीति सत्ता गठबन्धनको बैठकमा के–के भयो ? राजनीति रेशम चौधरी पक्राउ, जनमतसँगको एकता घोषणा कार्यक्रम स्थगित राजनीति कञ्चनपुरमा प्रचण्ड, सहिद परिवारहरूसँग भेटघाट राजनीति प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै एकीकृत समाजवादी समाज प्रहरीद्वारा अवैध घरेलु मदिरा नष्ट राजनीति सत्तारुढ दलहरूको बैठक बालुवाटारमा समाज सुन तोलामा सात सयले घट्यो, कतिमा हुँदैछ कारोबार?

विदेशबाट फर्कने नेपाली नागरिकलाई राख्न उपत्यका भित्र ‘होल्डिङ सेन्टर’ निर्माण

काठमाडौं । भारत लगायत विदेशबाट फर्कने नेपाली नागरिकलाई केही दिन राख्न उपत्यका भित्रका तीन जिल्लामा ‘होल्डिङ सेन्टर’ निर्माण गरिएको छ । विदेशबाट फर्केका बाग्मती, गण्डकी र प्रदेश–५ का नागरिकलाई काठमाडौँ, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई ललितपुर र प्रदेश–१ र २ का नागरिकलाई भक्तपुरमा राख्न होल्डिङ सेन्टर निर्माण गरिएको हो ।

तीनवटै जिल्लाको सङ्कट व्यवस्थापन केन्द्र (सीएमसी)ले विदेशबाट स्वदेश फर्कन चाहने नागरिकलाई नेपालमा आएपछि सम्बन्धित प्रदेशमा नपुगुन्जेल उपत्यकामा नै केही दिन राख्न होल्डिङ सेन्टर निर्माण गरेको हो ।

त्यसका लागि उपत्यकाका तीनवटै सीएमसीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट फर्केका नेपाली नागरिक अवतरण भएसँगै कोरोना भाइरसको सङ्क्रमण समुदायमा फैलिन नदिन उपत्यकामा छुट्टै राख्न तीनवटै जिल्लामा होल्डिङ सेन्टर निर्माण गरिएको जिल्ला समन्वय समिति काठमाडौंँका प्रमुख एवं सीएमसी काठमाडौंँका सल्लाहकार शिवसुन्दरराज वैद्यले जानकारी दिनुभयो।

उहाँका अनुसार बाग्मती प्रदेशका नागरिकलाई राख्न पार्टी प्यालेस वसुन्धरा, गण्डकी प्रदेशका लागि स्काई जोन पार्टी प्यालेस धुम्बाराही र प्रदेश–५ का लागि दरबार ब्याङ्केट चप्पल कारखानामा होल्डिङ सेन्टर निर्माण गरिएको छ ।

त्यस्तै भारतबाट र उपत्यका बाहिरबाट आएका नागरिकलाई मात्र राख्न राधा स्वामी सत्सङ केन्द्र कीर्तिपुर र राधा स्वामी सत्सङ व्यास नेपाल सामाखुसीमा होल्डिङ सेन्टर निर्माण गरिएको छ ।

भक्तपुरमा प्रदेश–१ का नागरिकका लागि सल्लाघारीको इम्पेरियल पार्टी प्यालेस र प्रदेश–२ का नागरिकका लागि राधेराधेस्थित हेरिटेज पार्टी प्यालेसमा राख्ने गरी तयारी गरिएको जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले जानकारी दिनुभयो।

ललितपुर सीएमसीका सदस्य एवं राजदल गणका प्रमुख सेनानी उत्तम सापकोटाका अनुसार कर्णाली प्रदेशका नागरिकका लागि ग्वार्को मण्डला पार्टी भेन्यु र सुदूरपश्चिम प्रदेशका नागरिक राख्न सिद्धार्थ कटेज धोबीघाटमा होल्डिङ सेन्टर निर्माण गरिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP