Trending
राजनीति २५ बुँदे घोषणापत्र : ‘सगरमाथा कल फर एक्सन’ मा के के छन् ? राजनीति प्रधानमन्त्रीसँग ‘लस एण्ड ड्यामेज फण्ड’ का कार्यकारी निर्देशकको भेट राजनीति गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान समाज भूमि बैंक र उद्योग निजीकरणविरुद्ध किसान आन्दोलनको चेतावनी स्वास्थ्य आधारभूत अस्पतालमा दन्त चिकित्सकको दरबन्दी नराखिए देशभर सेवा ठप्प पार्ने चेतावनी समाज मधेस प्रदेश सरकारका तत्कालीन अर्थमन्त्रीसहित आठ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर राजनीति शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित राजनीति सरकार ‘शुभकामना’ दिन पनि योग्य छैन : पूर्वमुख्यमन्त्री राई राजनीति मझौला उद्योग व्यवसायीको ब्याज र हर्जाना छुट गरिदिन सांसद तिमल्सेनाको आग्रह स्वास्थ्य वैदेशिक सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या : मन्त्री पौडेल

कोरोना नियन्त्रण गर्न एक लाख सुरक्षाकर्मी परिचालित

काठमाडौं । कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि देशभर गरी करिब १ लाख सुरक्षाकर्मी परिचालित भएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका गरी कोरोना रोकथाम तथा नियन्त्रणका लागि मात्रै करिब १ लाखको संख्यामा जनशक्ति खटाइएको हो ।

कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)बाट प्राप्त तथ्यांकअनुसार कोरोना रोकथाम तथा नियन्त्रणका लागि नेपाल प्रहरीतर्फबाट प्रत्यक्ष रुपमा ४६ हजार ८ सय जनशक्ति खटाइएको छ । यसैगरी, ब्याक सपोर्टमा रहने गरी ९ हजार २ सय प्रहरी परिचालन गरिएको छ । उनीहरू सडकदेखि सीमासम्म खटिएका छन् ।

यसैगरी, सशस्त्र प्रहरीतर्फबाट देशभर गरी ३१ हजार ५ सय जनशक्ति परिचालन गरिएको छ । जसमध्ये सीमा क्षेत्रमा मात्रै २२ हजार ५ सय जनशक्ति खटिएका छन् । अन्य जनशक्ति भने नेपाल प्रहरीसँगै ब्याक फोर्सका रुपमा खटाइएको छ ।

यस्तै, नेपाली सेनातर्फबाट ७ हजार ६ सय ३० सैनिकलाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रत्यक्ष रुपमा परिचालन गरिएको छ । हालसम्म क्वारेन्टिनको सुरक्षामा सेनातर्फबाट १ हजार ३ सय २८ जना सैनिक खटिएका छन् । यसैगरी, आइसोलेसन सुरक्षा, हेल्थ डेस्क र रेस्पोन्स टिममा समेत सेनाका जनशक्ति खटिएका छन् ।

सेनाबाट २ हजार २ सय ९० जना स्वास्थ्यतर्फका डाक्टरसहितका जनशक्ति छुट्टै परिचालन गरिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले जानकारी दिए । उनका अनुसार सेनाबाट सडक पट्रोलिङका लागि समेत ८ सय २५ जना खटिएका छन् ।

यस्तै, राष्ट्रिय अनुसन्धान विभागबाट समेत कोरोना रोकथाम तथा नियन्त्रणका लागि १ हजार ९ सय ९७ जनाको जनशक्ति परिचालन गरिएको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP