Trending
राजनीति बालुवाटार बैठक : आज पनि टुंगिएन बाँडफाँड, नेताहरूसँग पालैपालो छलफल गर्दै प्रधानमन्त्री राजनीति सरकार र मिटरब्याज पीडितको आज वार्ता राजनीति राष्ट्रपतिको आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाल अन्तर्राष्ट्रिय रुसले भारतमा तेल बिक्री बढाउने समाज सगरमाथा आरोहणका लागि ३१ जनाले लिए अनुमति राजनीति मन्त्रीको नाम टुंगो लगाउन आज कांग्रेस कार्यसम्पादन समितिको बैठक राजनीति गठबन्धनमा संख्यामा मात्रै सहमति, आज होला त मन्त्रिपरिषद विस्तार ? राजनीति नेपाली र अमेरिकी सेनाबीच संवाद, के विषयमा भयो कुराकानी? समाज आज यी स्थानमा वर्षाको सम्भावना समाज राहदानी विभागको टोली पोर्चुगलमा

रासायनिक मल किन्न थप साढे ७ अर्बको स्रोत सुनिश्चित

काठमाडौं : अर्थ मन्त्रालयले रासायनिक मल खरिदका लागि थप ७ अर्ब ५० करोड रूपैयाँको स्रोत सुनिश्चित गरेको छ।

चालू आर्थिक वर्षमा आवश्यक मल खरिदका लागि कृषि तथा पशुपक्षी विकास मन्त्रालयले गरेको प्रस्तावमा अर्थ मन्त्रालयले सहमति दिएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ।

स्रोत सुनिश्चित भएको रकममध्ये २ अर्ब ४० करोड रूपैयाँ कृषि तथा पशुपक्षी विकास मन्त्रालयका लागि विनियोजन गरिएको बजेटबाट व्यवस्था गरिनेछ भने २ अर्ब ५० करोड रूपैयाँ आगामी आर्थिक वर्षको सिलिङमा समावेश गरिने सचिवालयका शाखा अधिकृत चुरामणि अर्यालले जानकारी दिए।

उनका अनुसार २ अर्ब ६० करोड रूपैयाँ दायित्व सिर्जना भएपछि निकासा गरिनेछ। रासायनिक मल खरिद गर्न चालू आर्थिक वर्षका लागि १५ अर्ब रूपैयाँ विनियोजन गरिएको थियो। यसअघि अर्थले १६ अर्ब रूपैयाँको स्रोत सुनिश्चित गरेको थियो भने कृषि मन्त्रालयको मागअनुसार पुनः थप स्रोतको व्यवस्था गरिएको हो।

रासायनिक मल खरिद र आपूर्ति व्यवस्था सहज गर्नेसम्बन्धी उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ५ दिनअघि कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साह, कृषि सचिव गोविन्दप्रसाद शर्मा लगायतसँग छलफल गरेका थिए।

सो अवसरमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले रासायनिक मल खरिदका लागि स्रोतको समस्या नहुने बताउँदै अविलम्ब आवश्यक प्रकृया सुरु गर्न आग्रह गरेका थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP