Trending
राजनीति राजावादीको र्‍याली देखेर गणतन्त्रवादीको मुटु हल्लियो : धवलशमशेर अपराध जसले बिमाको पैसा खाने लोभमा आफ्नै पसलमा लगाए आगो अपराध भीरबाट खसेका व्यक्तिको उद्धार गर्न गएका आठ जना त्यहीँ अड्किएपछि… राजनीति माधव नेपालको आह्वान : प्रतिगामी तत्व सल्बलाउन थाले, परिवर्तनकारी एक हौँ अपराध अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ flash मंगल प्रसाद स्वतन्त्रता गुप्ता आधारभूत विद्यालयमा ४ काेठे भवन शिलान्यास समाज राप्रपाले कामपालाई दुईपटक तिर्‍यो जरिवाना, एमालेले तिरेन एकलाख राजनीति गैरसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह : अनुदान होइन, आत्मनिर्भरताको बाटोमा लागौं राजनीति जिडिपीमा कृषिको योगदान १३ बाट ५ प्रतिशतमा झर्‍यो : उद्योगमन्त्री भण्डारी‘ राजनीति सरकारको कुशासनको फाइदा उठाएर गणतन्त्रविरोधी अभियान चलाइयो : माओवादी केन्द्र

डा.वासुदेव पाण्डे भन्छन्, ‘हाम्रा सवै पीसीआर मेसिनहरु आउटडेड भए’

काठमाडौँ । इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले नेपालको कोराना परिक्षण प्रविधिमाथि प्रश्न उठाउनुभएको छ । उहाँले स्रोत नभएका कारण आउटडेट भइसकेको मेसिहरुको प्रयोग जारी राख्नुपर्ने बाध्यता नेपाल सामु रहेको बताउनुभएको छ ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरागर्दै डा.पाण्डे एउटा पीसीआर मेसिनले ९० जना भन्दा बढीलाई परिक्षण गर्न नमिल्ने चिकित्सकीय मान्यता रहेपनि नेपालले यसलाई कार्यन्वयनमा लान नसकिरहेको बताउनुभयो ।

उहाँले सामान्य किट र अरु चिकित्सकिय सामाग्री समेत खरिद गर्न समस्या भएरहेको अवस्थामा नयाँ पीसीआर मेसिन खरिद गर्ने कुरा सम्भव नदेखिएको दावी गर्नुभयो । आउटडेट भएको मेसिले कति काम गर्छ यसमा यकिन गर्न पनि चिकित्सकहरुलाई गाह्रो भइरहेको उहाँको भनाइछ ।

अहिले देखिएका संक्रमितहरु सवै विरामी नभएको र उनिहरुलाई विरामी भन्न नमिल्दै भन्दै पाण्डेले संक्रमित देखिएको धेरैलाई क्वारिन्टनमा भन्दा घरमा राख्दा सुरक्षित हुने जानकारी दिनुभयो । सरकारी अस्पताल र सरकारी स्रोतले मात्रै अब धान्न सकिने अवस्था नभएको र सुविधा भएका निजि अस्पताललाई दिनुपर्ने धारणा राख्नुभयो ।

उहाँले नेपाल भएका कुटनीतिक नियोगका पदाधिकार र डिप्लोम्याटहरुको पनि परिक्षण गर्नुपर्ने भन्दै अहिले भएको धेरै जसो क्वारेन्टिलाई आइसोलेसन सेन्टर बनाउनुपर्ने देखिएको बताउनुभयो । क्वनरिन्टनलाई आइसोलेसनमा परिणत नगरे अब आउने संक्रमितलाई उपचार गर्ने ठाँको अभाव हुने पाण्डेको भनाइछ ।

उहाँले भन्नुभयो,‘कोरोनाबिरुद्ध सरकारले काम नगरेको भए यत्रो मान्छे परिक्षण हुने थिएनन् । निजि अस्पताललाई कोरोनाको जिम्मा दिनुपर्छ । मिलेर काम गर्नुपर्छ । २१ वाटा मात्र ल्याव छन् हामीसंग । पीसीआरको पनि टाइम सकियो । एउटा पीसीआरले ९० जना भन्दा बडी परिक्षण गर्न मिल्दैन’ । (यस अघि इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।) स.

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP