कपिलवस्तु, १० फागुन
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १० मा मंगरे पासीले आत्महत्या गरेको भन्न खबर वडा प्रहरी कार्यालय चन्द्रौटामा फागुन १० गते विहान आउछ । आत्महत्या गरेको खबर आए पछि तुरुन्तै वडा प्रहरी कार्यालयका प्रमुख कपिलजंग शाहिको कमाण्डमा टोली घटना स्थालमा पुग्दछ । स्थानिय गाउँहरु जम्मा भइसकेका हुन्छन ।
प्रहरी टोलीले घटना स्थल र लासको प्रकृति निरक्षण गरिरहेको हुन्छ । वडा प्रहरी कार्यालयका प्रमुख शाहिलाई घटना आत्महत्या नभइ हत्या भएको हुन सक्ने आंशका हुन्छ अनि सुरु हुन्छ घटनाको अनुसन्धान । सुरुवात घरपरिवारका सदस्य संग सोधपुछ हुन्छ घर परिवारले हत्या नभइ मंगरेले आत्महत्या नै गरेको बताउछ । जम्मा भएका गाउँलेहरुले पनि आत्महत्या भएको अनुमान लगाउछन ।
अबेर दिन सम्मको सोधपुछ र घटना स्थलको निरिक्षण पश्चात प्रहरीले घटना आत्महत्या नभइ हत्या भएको रहस्य पत्ता लगाउछ । मृतक पासीको उनकै छोरा बर्ष ३० का मग्निराम पासी र बुहारी बर्ष २६ कि मिमा पासीले हत्या गरेको खुलासा हुन्छ ।मंगलबार १२ बजे मग्निराम खाना खान घर आउँछन । विहानै बहिर निस्केका मग्निराम घरमा आउँदा आफ्नो श्रीमति र बुबालाई आपत्तीजनक अवस्थामा भेटाउछन । प्रहरीका अनुसार श्रीमति र वुबालाई आपत्तीजनक अवस्थामा देखेपछि आवेगमा आइ बुबाको हत्या गरेको मग्निराम स्वीकार गरेको शाहिले बताउनु भयो । बुबाको हत्या पश्चात श्रीमान श्रीमति दुबै जना मिलेर झुण्डाएको उहाँले बताउनु भयो ।
प्रहरीले बर्ष ६४ को मंगरे पासीको हत्यामा संलग्न मृतकको छोरा बर्ष ३० का मग्निराम पासी र बुहारी बर्ष २६ कि मिमा पासीलाइ प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको वडा प्रहरी कार्यलय चन्द्रौटाका प्रमुख ं शाहिले जानकारी दिनुभयो ।
घटनाबारे अर्को दिन बिहान ८ बजे मात्र प्रहरीलाइ सुचना पुगेको र प्रहरीले घटनास्थलबाट आबश्यक सबुद प्रमाणहरु बरामद गरेको सो घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यलय चन्द्रौटाले जनाएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया