Trending
राजनीति बालुवाटार बैठक : आज पनि टुंगिएन बाँडफाँड, नेताहरूसँग पालैपालो छलफल गर्दै प्रधानमन्त्री राजनीति सरकार र मिटरब्याज पीडितको आज वार्ता राजनीति राष्ट्रपतिको आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाल अन्तर्राष्ट्रिय रुसले भारतमा तेल बिक्री बढाउने समाज सगरमाथा आरोहणका लागि ३१ जनाले लिए अनुमति राजनीति मन्त्रीको नाम टुंगो लगाउन आज कांग्रेस कार्यसम्पादन समितिको बैठक राजनीति गठबन्धनमा संख्यामा मात्रै सहमति, आज होला त मन्त्रिपरिषद विस्तार ? राजनीति नेपाली र अमेरिकी सेनाबीच संवाद, के विषयमा भयो कुराकानी? समाज आज यी स्थानमा वर्षाको सम्भावना समाज राहदानी विभागको टोली पोर्चुगलमा

उपत्यका निर्माण व्यवसायी संघमा गौतमको प्यानलसहित उम्मेदवारी घोषणा

काठमाडौं : काठमाडौं उपत्यका निर्माण व्यवसायी संघको अध्यक्षमा कृष्णप्रसाद गौतमले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

फागुन १४ गते हुने उपत्यका निर्माण व्यवसायी संघको १७ औं साधारण सभा तथा नवौं अधिवेशनका लागि गौतमले प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन्।राजधानीको बानेश्वरस्थित एउटा होटलमा उम्मेदवारी घोषणा गर्दै गौतमले निर्माण क्षेत्रमा भएका विभिन्न ऐन तथा नीति नियमका कारण निर्माण व्यवसायी पेसा धराशायी भएको दाबी गरे।

‘व्यवसाय संकटमा परेको छ। यसका लागि निर्माण व्यवसायीहरूको सुझावअनुसार काम गर्नेछु र निर्माण व्यवसायी पेसालाई माथि उठाउनेछु,‘उनले भने ।

गौतमको समूहमा वरिष्ठ उपाध्यक्ष कमला भट्टराई, प्रथम उपाध्यक्ष लक्ष्मण थपलिया (दुर्लभ), द्वितीय उपाध्यक्ष तिलक लामा, महासचिव पञ्चबहादुर तामाङ (विजय), उपमहासचिवमा (नीतिगत) अर्जुन महर्जन रहेका छन्।

त्यसैगरी, उप–महासचिव (आन्तरिक) मा राजन गौतम, कोषाध्यक्षमा मनोज श्रेष्ठ र सह–कोषाध्यक्षमा राजन श्रेष्ठ रहेका छन् ।

बाँकी सदस्यका उम्मेदवारहरू पछि घोषणा गर्ने अध्यक्षका उम्मेदवार गौतमले प्रस्ट पारे । संघमा करिब एक हजार पाँच सय सदस्यहरू रहेका छन् । संघको कार्यकाल तीन वर्षको हुनेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP