Trending
राजनीति बालुवाटार बैठक : आज पनि टुंगिएन बाँडफाँड, नेताहरूसँग पालैपालो छलफल गर्दै प्रधानमन्त्री राजनीति सरकार र मिटरब्याज पीडितको आज वार्ता राजनीति राष्ट्रपतिको आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाल अन्तर्राष्ट्रिय रुसले भारतमा तेल बिक्री बढाउने समाज सगरमाथा आरोहणका लागि ३१ जनाले लिए अनुमति राजनीति मन्त्रीको नाम टुंगो लगाउन आज कांग्रेस कार्यसम्पादन समितिको बैठक राजनीति गठबन्धनमा संख्यामा मात्रै सहमति, आज होला त मन्त्रिपरिषद विस्तार ? राजनीति नेपाली र अमेरिकी सेनाबीच संवाद, के विषयमा भयो कुराकानी? समाज आज यी स्थानमा वर्षाको सम्भावना समाज राहदानी विभागको टोली पोर्चुगलमा

वाणिज्य बैंकका ऋणीलाई भाखा नाघेको एक महिनासम्म जरिबाना नहुने


काठमाडौं : नेपाल राष्ट्र बैंकले भाखा नाघेको एक महिनाभित्र ऋणीले साँवा ब्याज भुक्तान गरे जरिवाना लिन नपाइने व्यवस्था गरेको छ।

राष्ट्र बैंकले शुक्रबार क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन २०७९ लाई संशोधन गरी नयाँ व्यवस्थासमेत गरेको हो। राष्ट्र बैंकले गरेको नयाँ व्यवस्था २०८० जेठ मसान्तसम्म भुक्तानीको भाखा रहेको साँवा ब्याजमा मात्रै लागू हुने समेत स्पष्ट पारेको छ।

तर कुनै ऋणीले छुट पाउने अवधिभित्र कर्जाको साँवा ब्याज भुक्तानी नगरेको अवस्थामा भने पूर्वनिर्धारित शर्त बमोजिम भाखा नाघेको समयको पेनाल ब्याज लिन पाइनेछ।

संशोधित निर्देशनअनुसार साना तथा मझौला उद्योग व्यवसाय सञ्चालनलाई सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको रु. २ करोडसम्मको कर्जालाई ऋणीकै अनुरोधमा उद्योग व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरेर एकपटकको लागि ऋणीले बुझाउनुपर्ने ब्याजको १० प्रतिशत रकम असुल गरी सशर्त कर्जाको पुनर्तालिकीकरण गर्न सकिनेछ। यस्तो पुनर्तालिकीकरण वा पुनःसंरचना आगामी असार मसान्तभित्र गर्न राष्ट्र बैंकले समय निर्धारण गरेको छ।

यस्तै यसरी गरिने पुनर्तालिकीकरण वा पुनःसंरचना २०७९ पुस मसान्तमा सक्रिय वर्गमा वर्गीकरण हुनुपर्ने भनेको छ। यसरी पुनःसंरचना गरिएका कर्जालाई असल वर्गमा वर्गीकरण गरी १.३ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने व्यवस्था गरेको छ।

यसैगरी आकस्मिक रूपमा घोषणा गरिएका सार्वजनिक बिदामा बैंक तथा वित्तीय संस्थाले अनिवार्य रूपमा सेवा दिनुपर्नेछ। सरकारले आकस्मिक रूपमा घोषणा गर्ने सार्वजनिक बिदाका दिन पनि अब बैंक तथा वित्तीय संस्थाले सेवा दिनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

संशोधित एकीकृत निर्देशनानुसार शुक्रबारदेखि नै नेपाल राष्ट्र बैंकबाट जारी भएको बैंक बिदाको सूचीका अतिरिक्त नेपाल सरकारबाट आकस्मिक बिदा घोषणा भएको दिन अत्यावश्यक बैंकिङ सेवा दिन भनेको छ। सेवा प्रदान गर्न बिहान १० बजेदेखि दिउँसो साढे १ बजेसम्म बैंक तथा वित्तीय संस्थाका कार्यालय खुला राखी सेवा सञ्चालन गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP