Trending
राजनीति बालुवाटार बैठक : आज पनि टुंगिएन बाँडफाँड, नेताहरूसँग पालैपालो छलफल गर्दै प्रधानमन्त्री राजनीति सरकार र मिटरब्याज पीडितको आज वार्ता राजनीति राष्ट्रपतिको आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाल अन्तर्राष्ट्रिय रुसले भारतमा तेल बिक्री बढाउने समाज सगरमाथा आरोहणका लागि ३१ जनाले लिए अनुमति राजनीति मन्त्रीको नाम टुंगो लगाउन आज कांग्रेस कार्यसम्पादन समितिको बैठक राजनीति गठबन्धनमा संख्यामा मात्रै सहमति, आज होला त मन्त्रिपरिषद विस्तार ? राजनीति नेपाली र अमेरिकी सेनाबीच संवाद, के विषयमा भयो कुराकानी? समाज आज यी स्थानमा वर्षाको सम्भावना समाज राहदानी विभागको टोली पोर्चुगलमा

सरकारले दिने आकस्मिक बिदामा बैंकहरू खुल्ने


काठमाडौं : नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कार्यालय समयसम्बन्धी व्यवस्थामा संशोधन गरेको छ। सरकारले आकस्मिक रुपमा घोषणा गर्ने सार्वजनिक बिदाका दिन पनि अब बैंक तथा वित्तीय संस्थाले सेवा दिनुपर्ने व्यवस्था राष्ट्र बैंकले ल्याएको हो।

बैंकले ‘बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७९’ संशोधनमा संशोधन गर्दै राष्ट्र बैंकले आजबाट यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको जनाएको छ।

‘नेपाल राष्ट्र बैंकबाट जारी भएको बैंक बिदाको सूचीका अतिरिक्त नेपाल सरकारबाट आकस्मिक बिदा घोषणा भएको दिन नगद कारोबार, चेक क्लियरिङ, रियल टाइम ग्रस सेटलमेन्टलगायतका अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न बिहान १० बजेदेखि दिउँसो १ः३० बजेसम्म बैंक तथा वित्तीय संस्थाका कार्यालय खुला राखी सेवा सुचारु गर्ने व्यवस्था मिलाउनुपर्नेछ,’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ।

यसअघि बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंक खुलेको दिनबाहेक अन्य दिन सेवा दिनुपरेमा बैंक तथा वित्तीय संस्था नियमन विभाग र सम्बन्धित सुपरीवेक्षण विभागमा पूर्वजानकारी गराउनुपर्ने व्यवस्था रहेको थियो। तर अब आकस्मिक रुपमा घोषणा गरिएका सार्वजनिक बिदामा बैंक तथा वित्तीय संस्थाले अनिवार्य रुपमा सेवा दिनुपर्नेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP