हाइब्रिड धानको बिउ वितरण गर्दै कृष्णनगर नगरपालिका

अजय मिश्र,कृष्णनगर।  कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाले किसानका लागी हाईब्रीड धानको बिउ वितरण गर्न सुरु गरेको छ।नगरपालिकाले १८ क्विंटल उन्नत जातको हाईबृड धानको बिउ खरिद गरि किसानलाई बितरण गरेको हो।
कृष्णनगर नगरपालिका बहादुरगंजमा रहेको राम गोरखा माध्यमिक विध्यालयमा धानको विउ वितरण भइरहेको छ ।


किसानले खेतमा विउ छर्ने बेला भएकाले धान खरिद गरि वितरण गर्न लागिएको कृष्णनगर नगरपालिकाका कृषि अधिकृत सुदिप प्रताप मौर्यले जानकारी दिए ।
१८ क्विंटल हाइब्रिड धानको बिउमा १३५ दिनमा तयार हुने ६४४४,us ३०५, १२५ नामक धानको बिउ बितरण गरेको हो ।त्यस्तै, १२० दिनमा तयार हुने महिको कम्पनीको उपज जातको धान समेत किसानलाई बाँडिएको छ ।


कृषि समुह र व्यक्तिगत रुपमै पनि विउ वितरण गरिने कृष्णनगर नगरपालिका कृषि शाखा प्रमुख चन्द्र राम चौधरीले जानकारी दिए ।
किसानको पैदावार बढाउन हाइब्रिड धानको विउ वितरण गर्न लागिएको कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP