Trending
समाज निःशुल्क शिक्षा ऐन कार्यान्वयनको खाका छिट्टै आउँछ : शिक्षामन्त्री भट्टराई अन्तर्राष्ट्रिय इजरायली प्रधानमन्त्रीको दबाब बढाउने वाचापछि गाजामा घातक हमला आर्थिक उद्योगी व्यवसायीलाई पनि सरकारी वरीयताक्रममा राख्नुपर्छ : चन्द्र ढकाल राजनीति वरिष्ठ अधिवक्ता बडाल महान्यायाधिवक्तामा नियुक्त अन्तर्राष्ट्रिय अफगानिस्तानमा वर्षा र असिनाले ३५ जनाको मृत्यु, २३० घाइते समाज देशभरका विभिन्न सवारी दुर्घटनामा पाँच जनाको मृत्यु राजनीति ललितपुर महानगरले उठायो लक्ष्यभन्दा बढी राजस्व राजनीति सिमलताल घटना : कार्यदलले काम थाल्यो समाज मोहर्रम पर्व मनाउँदै मुस्लिम समुदाय समाज वायुसेवा निगमले तिर्‍यो ४३ कराेड ९ लाख ऋण

सबै संचारकर्मी र जनप्रतिनिधीको रिपोर्ट नेगेटिभ,हट्यो संचार क्वारेण्टाइन

कपिलवस्तु २१ जेठ ।कपिलवस्तुको वाणगंगा नगरपालीकामा जेठ  १४ गते स्वाव संकलन गरिएका १ सय ५२ जनाको रिपोर्ट आएको छ । कोरोना संक्रमण भए नभएको पुष्टी गर्न स्वाव संकलन गरिएको रिपोर्ट झण्डै एक हप्तापछि वुधवार आधिकारीक रुपमा नगर स्वास्थ्य शाखामा रिपोर्ट आएको हो । स्वास्थ्य शाखाका अनुसार १ सय ५० जनाको नेगेटिभ रिपोर्ट  आएको छ भने २ जनाको रिपोर्ट पोजेटिभ आएको हो  । २ दिन अघि वडा नं ११ का २ जनामा संक्रमण पुष्टी भएको थियो । उहाँहरुको अहिले भैरहवामा उपचार भईरहेको छ ।  बाणगंगाका १ जनप्रतिनिधी र २ पत्रकार संक्रमित भएपछि कन्ट्रयाक ट्रेसिङका आधारमा सिद्धार्थ क्याम्पसमा स्वाव संकलन गरिएको मध्ये २ वाहेक सबैको नतिजा ढिला भएपनि नेगेटिभ आएको स्वस्थ्य शाखा प्रमुख ठग प्रसाद पौडेलले वताउनु भयो । 

        स्वाव संकलन गरिएका मध्ये संचारकर्मि १७ जना, जनप्रतिनिधि १३ जना, वाणगंगा नगरका कर्मचारी २८ जना, सुरक्षाकर्मि २ जना, सिद्धार्थ क्याम्पसको क्वारेन्टाईनमा रहेका १५ जना र समुदायका नागरिक ७५ जना गरि १ सय ५२ जना हुनु हुन्थ्यो । यसअघि नगरप्रमुख, उप प्रमुख र केहि संचारकर्मिको रिपोर्ट आएको थियो । वाँकी संचारकर्मि, जनप्रतिनिधि,नगरका कर्मचारी र नागरिकको रिपोर्ट ढिला हुदा अन्यौलता देखिएको थियो । संचार गृहका तर्फवाट केन्द्र्रिय प्रयोगशालमा नतिजावारे सोधीखोजी गर्दा १९ गते नै संचार गृहका १७ जना मध्ये सबैको नतिजा नेगेटिभ आएको अनौपचारीक जानकारी आएको थियो। तर औपचारीक रिपोर्ट भने आज मात्र प्रयोगशालाले पठाएको हो । 

  २ संचारकर्मीमा कोरोना पोजेटिभ देखिएपछि  वाणगंगा ४ गजेहडामा रहेको स्टेशन भवनलाई क्वारेन्टाईन बनाएर  ८ जना संचारकर्मी यसबीचमा कार्यरत हुनुहुन्थ्यो । त्यहा कार्यरत ९ जना कर्मचारी होम क्वारेण्टाइनमा बस्नु भएको थियो । यसैबीच सबैको  रिपोर्ट नेगेटिभ आएपछि विगत १२ दिन देखि क्वारेन्टाईनमा वसेका संचारकर्मिहरुलाई क्वारेण्टाइनवाट बिदा गरिएको छ । अव उहाहरुले आफ्नै घरवाट एक पटकमा ३ जना भन्दा बढी नहुने गरी दैनिक तोकिएको समयमा संचार गृहमा आएर काम गर्नु हुनेछ । १२ दिन सम्म संचारगृहको क्वारेण्टाइनमा बसेर जनतालाई सूसूचित गर्ने काममा खटिएका समाचार शाखा र प्राविधक शाखाका संचार कर्मीलाई ब्यवस्थापक भेषराज पाण्डेले धन्यवाद ज्ञापन गर्दै सबैको नेगेटिभ नतिजा आएकोमा खुसी ब्यक्त गर्नु भयो । सिंगो संचारगृहलाई निर्मलीकरण गर्दै दैनिक कामकाजमा  न्यूनतम जनशक्तिको उपस्थिती बिच संचालन गर्ने ब्यवस्था मिलाइएको ब्यवस्थापक पाण्डेको भनाइछ । 

    यता रेडियो तथा टेलिभिजनका  व्यवस्थापक भेषराज पाण्डेले एक विज्ञप्ती जारी गरि संचार क्वारेन्टाईनमा रहदा नियमित रुपमा सहयोग तथा उत्प्रेरणा  पुर्याउने बाणगंगा नगरपालिका , प्रेस संगठन कपिलवस्तु ,प्रेस युनियन कपिलवस्तु , कपिलवस्तु उद्योग वाणिज्य संघ ,अनेरास्ववियू कपिलवस्तु ,शिद्धार्थ सामाजिक विकास सस्था कपिलवस्तु लगायतका संघ संस्था तथा व्यक्तिलाई धन्यवाद ज्ञापन गर्नु भएको छ । यसैगरी संचारकर्मीलाई स्वास्थ्य अवस्थाको वारेमा पटकपटक जानकारी लिने र हौसला प्रदान गर्ने बाणगंगा नगर स्वास्थ्य शाखाका प्रमुख ठगराज पौडेल र भक्तिराम पाण्डे , क्वारेण्टाइनमा  रहेका एक संचारकर्मीलाई यहि बीचमा पेटको पत्थरीका कारण विरामी हुदा जोखिमको प्रवाह नगरि उपचारमा संलग्न हुने युनाइटेड हस्पीटल प्रालिका चिकित्सक टीम लगायतलाई समेत ब्यवस्थापक पाण्डेले धन्यवाद दिनु भएको छ । 

         यस्तै संक्रमित भएर बुटवल र तौलिहवाको आइशोलुसनमा रहेका गृहका २  जना संचारकर्मीमा कुनैपनि लक्षण देखा नपरेको र १२ औ दिन सम्म अत्यन्तै उच्च मनोवलका साथ स्वास्थ्य लाभ गरि रहेको सबैमा जानकारी गराउदै कोरोनाका विरुद्ध स्थानीय स्तरमा रहेका धेरै भ्रम चिर्न संचार गृह निरन्तर लाग्ने ब्यबस्थापक पाण्डेले उल्लेख गर्नु भएको छ । अहिले सम्म देशभर १८ जना संचारकर्मीमा संक्रमण पुष्टि भएको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP