काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता राष्ट्रघाती भएको भन्दै जताततैवाट बिरोधहरु आईरहेका बेला काठमाडौको माईतिघरमा पनि एमसीसीको बिरोधमा प्रदर्शन भएको छ । संसदबाट पास गर्न नहुने भन्दै आज बुधबार पनि माईतिघरमा एमसीसीको बिरोधमा प्रदर्शन भएको हो ।
स्व स्फुर्त सडकमा निस्किएकाहरुले एमसीसी परियोजना राष्ट्रघाती भएको भन्दै खारेज गर्न माग गरेका थिए । यिनै नेताहरुका कारण राष्ट्रघाती एमसीसी सम्झौता भएको भन्दै अब नेता हटाएर राजा ल्याउनुपर्ने माग पनि प्रदर्शनका बेला उठेको थियो । प्रदर्शनकारीहरुले ‘गणतन्त्र मुर्दावाद, राजा आउ देश बचाउ’को नारापनि लगाएका थिए ।
एमसीसीका पक्ष बिपक्षमा राजनितीक दलभित्रपनि निकै ठुलो रस्साकस्सीनै चलेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दलका नेता शेरवहादुर देउवा जसरी भएपनि यो सम्झौता सदनवाट पारित गर्ने पक्षमा छन् भने नेकपा र कांग्रेसका केहि नेताहरु भने कुनै पनि हालतमा पारित गर्न नहुने पक्षमा देखिएका छन् ।
नेकपाले त एमसीसीबारे अध्ययन गर्न एक कार्यदल गठन गरेको थियो । पूर्वप्रधानमन्त्री झलनाथ खनाल नेतृत्वको उक्त कार्यदलले पनि यथास्थितिमा एमसीसी पास गर्न नहुने सुझाव सरकारलाई दिएको थियो ।
एमसीसीका केही बुदाँ संशोधन गरेर त्यसलाई स्वीकार्न सकिने राय उक्त कार्यदलको छ । तर अमेरिकाले सम्झौतामा कुुनै बुँदा फेर्न नसकिने स्पष्ट पारिसकेको छ । अघिल्लो शनिबार बसेको नेकपाको सचिवालय बैठकले एमसीसीबारे अब संसद बैठकले नै टुंगो लगाउने निर्णय गरेको थियो
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया