Trending
आर्थिक हवाई टिकटमा १३ प्रतिशत थप करले पर्यटन क्षेत्र निरुत्साहित : अध्यक्ष ढकाल अन्तर्राष्ट्रिय चक्कु प्रहार गरेर अमेरिकामा ४ जनाको हत्या समाज एमडीएमएस खरिदमा भ्रष्टाचार, दूरसञ्चार प्राधिकरणका २० जनाविरुद्ध मुद्दा समाज नियम विपरीत काजमा खटिएका ८७७ प्रहरी फिर्ता राजनीति काम गर्न सकिनँ भने अर्को उथलपुथल गर्छु : प्रधानमन्त्री खेल विश्वकपको यात्रा गर्नु खुसीको क्षण : प्रशिक्षक मोन्टी देसाई राजनीति स्वास्थ्य क्षेत्र सुधार्न रास्वपाले मन्त्रीलाई बुझायो सुझाव पत्र स्वास्थ्य बढ्दै छ मानव मस्तिष्कको आकार समाज दैलेखमा भाइको नामबाट एसइई दिने एक पक्राउ राजनीति समानीकरण अनुदान बढाउँदै लैजान्छौँ : प्रधानमन्त्री

त्रिवेणी युवा क्लबले सेनिटाइजरसहित सौन्दर्य सामाग्री वितरण गर्ने

काठमाडौँ । विगत दुइमहिना अघिदेख खाना वितरण गर्दै आएको काठमाडौँ महानगरपालिका वडा नम्बर २९ स्थित त्रिवेणी युाव क्लबले खाना वितरणसँगै सेनिटाइजर लगायतका स्वास्थ्य र सौन्दर्यका सामाग्रीहरु पनि निशुल्क वितथरण गर्ने भएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको रोकथाम र नियन्त्रणका लागि दुइमहिना भन्दा बढी समयदेखि जारी लकडाउनका कारण खान नपाएका पीडित नागरिकलाई निशुल्क खाना खुवाइरहेको क्लबले राहत अभियानमा सामाजिक संस्था हरिप्रिया—प्रकाश फाउन्डेसन पनि जोडिएको जनाएको छ ।

दुई संस्थाबीचको सहकार्यमा सामाजिक दुरीसहित गुणस्तरीय खानाको प्याकेज र सौन्दर्य सामाग्री निशुल्क वितरण त्रिवेणी क्लब कै स्वयंसेवक मार्फत हुने भन्दै यस कार्यक्रममा आमनागरिक र सरोकारवाला सबैलाई उपस्थितिका लागि सूचना पनि जारी गरेको छ ।

क्लबले सावधानी बढाउदै कोरोनको मनोवैज्ञानिक त्रास हटाउन र मनको सुन्दरतालाई ध्यान दिएर सेवाभाव जागृत गरौं भन्दै घरटोल, शरीरको सुन्दरता र सरसफाईमा ध्यान दिएर बढ्दो गर्मीबो समयमा निरोगी बन्न आग्रह गरेको छ ।

शारीरिक सौन्दर्यको लागि गुणस्तरीय सेनेटाईजर प्रयोग, सफा पिउने र नुहाउने पानी, दात सफा गर्ने ब्रस मञ्जन, साबुन, सैम्पु, स्ट्यान्डर्ड फेसवाससँगै तेल, क्रीम र ब्लेड–रेजर आदि सामग्री र मनको शान्तिलाई बढवा दिन ध्यानको अनलाइन प्रशिक्षण पनि निशुल्क प्रदान गर्ने क्लबले जनाएको छ ।

क्लबद्वारा जारी सूचनामा भनिएको छ,‘ लकडाउन र आर्थिक बिपत्तिमा हुनेखानेले मात्र नभएर उपत्यकाका नागरिक र देशको विभिन्न जिल्लाबाट शिक्षा र रोजगारीको लागि आएका विद्यार्थीहरुले पनि स्वस्थ्य र सुन्दर हुन पाउनुपर्छ । सरसफाई र सुन्दरताको लागि सबैको समान अधिकारको रक्षा र नागरिकको अनुहारमा खुशीको मुस्कान ल्याउन हामीले फरक खाले माथी उल्लेखित सौन्दर्य सामाग्रीको प्याकेज राहत घरदैलो मै निशुल्क रूपमा वितरण गर्दैछौं’ ।

त्रिवेणी युवा क्लबले १० हजार नागरिकलाई सौन्दर्य सामाग्रीमार्फत खुशी तुल्लाउने तथा लाखौं नागरिकलाई अनलाइन ध्यान पद्धतिले कोरोना र आर्थिक सामाजिक अफठ्यारोमा परेकाहरुको आत्मबिश्वास बढाउन यो कार्यक्रम सुरुगर्न लागिएको र यसका लागि कुनै किसिमका चन्दालाई अस्वीकार गर्ने निति फाउन्डेसनको भएको भन्दै आर्थिक सहयोगको प्रस्ताव नगर्न आग्रह गरेको छ ।

क्लबले भोलीदेखि क्रमसः काठमाडौँ अनामनगर मोडको मेनरोड, बालाजु पुलको आश्रम, त्रिभुवन बिश्व विद्यालय कीर्तिपुर, पदमकन्या क्याम्पस, बाघबजारमा नेपाल पत्रकार महासंघको उपत्यकाको सम्पर्कमा रहेका फ्रन्टलाईन पत्रकारहरु, फोहर संकलक र सरसफाईकर्मीहरु, एम्बुलेन्स चालकहरुको छाता संगठनलाई काठमाडौ मेडिकल कलेज पार्किङ्ग परिसर र अन्य अनुरोध आएको स्थानहरु निर्णय गरि स्थानीय प्रशासनको जानकारीमा बितरण हुने बताएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP