Trending
राजनीति प्रविधिका उद्यमी र विज्ञसँग प्रधानमन्त्री : घरबाटै एकै दिनमा कम्पनी र भ्याट दर्ता गराउन सकिने राजनीति सप्तकोशीको कटान रोक्न अस्थायी र दीर्घकालीन योजना तयार गछौँ : गृहमन्त्री लेखक स्वास्थ्य बिरामीको चाप घटाउन मन्त्री पौडेलले गरे सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव समाज टेलिभिजनहरूको भ्युअरशिपका आधारमा विज्ञापन दिने बोर्डको तयारी राजनीति देउवासँग एनआरएनए अध्यक्ष केसीको गुनासो राजनीति प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवाद कार्यक्रमको शुभारम्भ राजनीति कांग्रेस‚ माओवादी र रास्वपा सांसदले मागे लेखा समिति सभापति पोखरेलको राजीनामा राजनीति संविधान बमोजिम आएको अध्यादेश कसरी अलोकतान्त्रिक भयो ? : गोकुल बास्कोटा राजनीति मधेश सरकारद्वारा स्थानीय तहको कानून तर्जुमासम्बन्धी छलफल शुरु राजनीति एमाले सचिवालय बैठक दिउँसो ४ बजे बस्दै

मन्त्रीपरिषद्को आजको बैठकले लकडाउनको स्वरुप परिवर्तन गर्ने संभावना

काठमाडौं । सरकारले लकडाउनको स्वरुप परिवर्तन गर्ने तयारी गरेको छ । लकडाउनको स्वरुप परिवर्तन गर्न चौतर्फी दवाव आएपछि सरकारले स्वरुप परिवर्तन गर्न लागेको हो ।

लकडाउनको स्वरुप परिवर्तन गर्ने निर्णय गर्न आज दिउसो ४ बजेपछि बस्नेगरी मन्त्रीपरिषद्को बैठक पनि बोलाइएको छ । बैठकले स्वरुप परिवर्तनसँगै अन्य केही निर्णयहरु गर्ने एक मन्त्रीले नेपाली रेडियो नेटवर्कलाई जानकारी दिएका छन् ।

लकडाउनको स्वरुप परिवर्तनका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो विज्ञ तथा सरोकारवालाहरुसँग छलफल गर्नुभएको थियो ।
छलफलमा सहभागी अधिकांशले लकडाउनको स्वरुप परिवर्तन गर्नु पर्ने र सतर्कतालाई पनि उत्तिकै ध्यान दिनु पर्ने सुझाव दिएको बैठकमा सहभागी डा सागरमणी दक्षितले नेपाली रेडियो नेटवर्कलाई जानकारी दिनुभयो ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार भारतीय क्षेत्रबाट नेपाल प्रवेश गरेका क्षेत्रलाई उच्च सुरक्षा र सतर्कतामा राख्दै बाँकी क्षेत्र खुला गर्ने गरी तयारी भएको छ । प्रदेश २, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा लकडाउन खुला गर्न नसकिने सरकारी निष्कर्ष छ ।

पसलहरु खोल्न दिने, भिडभाड नियन्त्रण गर्ने, मास्क लगाउने, भौतिक दुरी कायम गर्ने, निजी सवारी साधनहरु चल्न दिनेलगायतका व्यवस्था हुनसक्ने बताइएको छ ।

सरकारले देशव्यापी लकडाउन घोषणा गरेको आज७३ दिन भएको छ । अघिल्लो मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ ३२ सम्म बढाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP