Trending
राजनीति बालुवाटार बैठक : आज पनि टुंगिएन बाँडफाँड, नेताहरूसँग पालैपालो छलफल गर्दै प्रधानमन्त्री राजनीति सरकार र मिटरब्याज पीडितको आज वार्ता राजनीति राष्ट्रपतिको आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाल अन्तर्राष्ट्रिय रुसले भारतमा तेल बिक्री बढाउने समाज सगरमाथा आरोहणका लागि ३१ जनाले लिए अनुमति राजनीति मन्त्रीको नाम टुंगो लगाउन आज कांग्रेस कार्यसम्पादन समितिको बैठक राजनीति गठबन्धनमा संख्यामा मात्रै सहमति, आज होला त मन्त्रिपरिषद विस्तार ? राजनीति नेपाली र अमेरिकी सेनाबीच संवाद, के विषयमा भयो कुराकानी? समाज आज यी स्थानमा वर्षाको सम्भावना समाज राहदानी विभागको टोली पोर्चुगलमा

सरकारविरुद्ध टर्कीमा हजारौँ महिला सडकमा


काठमाडौं : अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको राति टर्कीमा हजारौँ महिलाले सरकारविरुद्ध प्रदर्शन गरेका छन्।

प्रतिबन्धको अवज्ञा गर्दै महिलाहरुले स्तानबुलमा ‘नारीवादी रात्रि मार्च’ निकालेका हुन्। स्तानबुलस्थित ताक्सिम स्क्वाएरमा पुग्न नदिन प्रहरीले बल प्रयोग गरेको थियो। ताक्सिम स्क्वाएर नजिक केहीबेर प्रदर्शन गरेका महिलामाथि प्रहरीले अश्रुग्याससहित लाठी प्रहार गरेको छ।

प्रदर्शनमा सहभागी कयौँ महिलालाई प्रहरीले गिरफ्तार गरेको छ। त्यहाँको मुख्य विपक्षी दल रिपब्लिकन पिपुल्स पार्टीले राष्ट्रपति रिसेप तायिप एर्दोगान इस्तानबुल कन्भेन्सन सम्झौताबाट पछि हटेपछि देशमा महिलामाथि हुने हिंसा र हत्याको दर बढेको आरोप लगाएको छ।

उसको रिपोर्ट अनुसार महिला हिंसाविरुद्धको इस्तानबुल कन्भेन्सन २०११ बाट राष्ट्रपति एर्दोगानले हात झिकेपछि १० वर्षको अवधिमा घरेलु हिंसामा ६ सय बढी महिला मारिएका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP