Trending
राजनीति बालुवाटार बैठक : आज पनि टुंगिएन बाँडफाँड, नेताहरूसँग पालैपालो छलफल गर्दै प्रधानमन्त्री राजनीति सरकार र मिटरब्याज पीडितको आज वार्ता राजनीति राष्ट्रपतिको आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाल अन्तर्राष्ट्रिय रुसले भारतमा तेल बिक्री बढाउने समाज सगरमाथा आरोहणका लागि ३१ जनाले लिए अनुमति राजनीति मन्त्रीको नाम टुंगो लगाउन आज कांग्रेस कार्यसम्पादन समितिको बैठक राजनीति गठबन्धनमा संख्यामा मात्रै सहमति, आज होला त मन्त्रिपरिषद विस्तार ? राजनीति नेपाली र अमेरिकी सेनाबीच संवाद, के विषयमा भयो कुराकानी? समाज आज यी स्थानमा वर्षाको सम्भावना समाज राहदानी विभागको टोली पोर्चुगलमा

अमेरिका र बेलायतले अष्ट्रेलियालाई शक्तिशाली हतियार दिँदै


काठमाडौं : अमेरिका र बेलायतले अष्ट्रेलियालाई शक्तिशाली हतियार दिने भएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले यसको औपचारिक घोषणा गर्दैछन्।

बाइडेनले सान डिएगोमा अष्ट्रेलिया र बेलायतका प्रधानमन्त्रीहरूसँग भेट गरेर आणविक शक्तिबाट चल्ने पनडुब्बीसम्बन्धी सम्झौताको घोषणा गर्न लागेका हुन्।

इन्डो–प्यासिफिक क्षेत्रमा चीनको सामना गर्ने प्रयासको रूपमा तीन देशहरूले २०२१ मा यो योजना घोषणा गरेका थिए। यी पनडुब्बीहरू क्यानबेरा डिफेन्स प्रोजेक्ट अन्तर्गत दिइँदैछ।

यो सम्झौतामा जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक र अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीज सहभागी हुनेछन्। अस्ट्रेलियालाई दिइने पनडुब्बीमा अमेरिकी प्रविधि र ब्रिटिश डिजाइन छ।

चीनले यी तीन देशको यो सम्झौताको विरोध गरेको छ। उसले ताइवानमाथि दबाब दिइरहेको छ र विवादित दक्षिण चीन सागरमा आफ्नो कब्जा दाबी गरिरहेको छ। अमेरिका, अष्ट्रेलिया र बेलायतले यसलाई रोक्न चाहन्छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP