Trending
राजनीति बालुवाटार बैठक : आज पनि टुंगिएन बाँडफाँड, नेताहरूसँग पालैपालो छलफल गर्दै प्रधानमन्त्री राजनीति सरकार र मिटरब्याज पीडितको आज वार्ता राजनीति राष्ट्रपतिको आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाल अन्तर्राष्ट्रिय रुसले भारतमा तेल बिक्री बढाउने समाज सगरमाथा आरोहणका लागि ३१ जनाले लिए अनुमति राजनीति मन्त्रीको नाम टुंगो लगाउन आज कांग्रेस कार्यसम्पादन समितिको बैठक राजनीति गठबन्धनमा संख्यामा मात्रै सहमति, आज होला त मन्त्रिपरिषद विस्तार ? राजनीति नेपाली र अमेरिकी सेनाबीच संवाद, के विषयमा भयो कुराकानी? समाज आज यी स्थानमा वर्षाको सम्भावना समाज राहदानी विभागको टोली पोर्चुगलमा

इरानमा सरकारविरोधी २२ हजार नागरिकलाई आममाफी

एजेन्सी-इरान सरकारले हिजाब तथा सरकारविरोधी प्रदर्शनमा सहभागी २२ हजार आरोपीलाई आममाफी दिने घोषणा गरेको छ।

प्रधानन्यायाधीश घोलामहोसेन मोहसेनी एजेइले प्रदर्शनमा सहभागीलाई आममाफी दिने निर्णय भएको जानकारी दिएका हुन्। सरकारी सञ्चारमाध्यम आईआरएनए न्यूज एजेन्सीका अनुसार गत महिना सर्वोच्च नेता अली खमेनेईले पनि असन्तुष्टिका बीच हजारौँ कैदीलाई आममाफी दिएका हुन्।

प्रधानन्यायाधीश एजेइले अहिलेसम्म ८२ हजार जनाले आममाफी पाइसकेको बताएका छन्, जसमा योपटक २२ हजारलाई माफी दिने घोषणा गरिएको हो। उनीहरु सबै सरकार विरोधी प्रदर्शनमा सहभागी भएका थिए । उनीहरुलाई कहिले हिरासतमुक्त गरिन्छ भन्नेबारे भने एकिन गरिएको छैन ।

गत सेप्टेम्बरमा इरानको नैतिक प्रहरीले हिरासतमा लिएकी एक युवतीको मृत्यु भएपछि इरानमा सरकार विरोधी प्रदर्शन चर्किएको हो । सन् १९७९ मा भएको इरान क्रान्तिपछि इरानमा यति ठूलो सरकारविरोधी प्रदर्शन पहिलो पटक भएको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP