Trending
राजनीति बालुवाटार बैठक : आज पनि टुंगिएन बाँडफाँड, नेताहरूसँग पालैपालो छलफल गर्दै प्रधानमन्त्री राजनीति सरकार र मिटरब्याज पीडितको आज वार्ता राजनीति राष्ट्रपतिको आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाल अन्तर्राष्ट्रिय रुसले भारतमा तेल बिक्री बढाउने समाज सगरमाथा आरोहणका लागि ३१ जनाले लिए अनुमति राजनीति मन्त्रीको नाम टुंगो लगाउन आज कांग्रेस कार्यसम्पादन समितिको बैठक राजनीति गठबन्धनमा संख्यामा मात्रै सहमति, आज होला त मन्त्रिपरिषद विस्तार ? राजनीति नेपाली र अमेरिकी सेनाबीच संवाद, के विषयमा भयो कुराकानी? समाज आज यी स्थानमा वर्षाको सम्भावना समाज राहदानी विभागको टोली पोर्चुगलमा

७ औं प्राचीन कपिलवस्तु महोत्सवको उद्घाटन चैत्र १ मा हुने

कपिलवस्तु । जिल्ला सदरमुकाम तौलिहवामा चैत्र १ गते ७ औं प्राचिन कपिलवस्तु महोत्सवको उदघाटन हुने भएको छ । चैत १ देखि १२ गते सम्म तौहिलवाको वुद्धपद्यम उच्च उमाविको खेल मैदानमा महोत्सव हुनेछ । सो महोत्सवको आयोजक तौलिहवा उधोग बाणिज्य संघ एवं सह-आयोजक कपिलवस्तु नगरपालिका रहेका छन् ।

कपिलवस्तु जिल्ला पुरातात्त्विक र एतिहासिक सम्पदाले भरिपुर्ण छ । त्यसैमा कपिलवस्तु नगरपालिका ३ वटा बुद्धको क्रिडा स्थल , जगदीशपुर चरा आरछय , चर्चित ताम्रेश्वर नाथ मन्दिर लगायत महत्त्वपूर्ण सम्पादको धनी रहेको छ । तर पनि इ सम्पुर्ण धार्मिक र पर्यटकीय स्थलहरु ओझेलमा परेको छ ।

सम्पुर्ण पर्यटकीय स्थलहरुको प्रचारप्रसार , कृषि क्षेत्र, ब्यापार क्षेत्रको बिकास लगायत मुख्य अभिप्रायका साथ ७ औं प्राचीन कपिलवस्तु महोत्सवको आयोजना हुन लागेको तौलिहवा उधोग बाणिज्य संघको अध्यक्ष एवं महोत्सवको संयोजक गयादिन कुर्मी उर्फ दिपुले बताउनु भएको छ । मेलामा कृषि ,पर्यटन ,घरेलु तथा लघु उद्यम, वाल उद्यान, समेत रहनेछन।

महोत्सवमा एक लाख बढी दर्शकले अवलोकन गर्ने र एक करोड बढीको कारोवार हुने मेला संयोजक चौधरीले बताए । महोत्सवमा एक सय बढी स्टल रहनेछन। महोत्सवमा चर्चित लोकदोहरी गायक पशुपति शर्मा, बद्री पंगेनी, हेमन्त शर्मा, भोजपुरी गायिका प्रिती पासवान लगायतका कलाकारहरुको समेत प्रस्तुती रहनेछ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP